Latest News

दिनभर छोरासँग रक्सी, राती ७५ वर्षीया आमालाई बलात्कार प्रयासपछि हत्या -

गुल्मी– केहिदिन अघि घरमा मृत अवस्थामा फेला परेकी गुल्मी मुसिकोटकी–७५ वर्षीया वृद्धालाई बलात्कारको प्रयास गर्ने क्रममा एक युवाले हत्या गरेको खुलासा भएको छ । वैशाख २४ गतेका दिन मुसिकोट–४ की ७५ वषीृया वृद्धा कौशिला थापा घरमा मृत फेला परेकी थिईन् ।


निजलाई उक्त दिन सोही स्थानका २१ वर्षीय मित्रलाल कामीले बलात्कारको प्रयासका क्रममा खाटबाट तल खसाल्दै टाउकोमा गम्भीर चोट लगाएको र सोही क्रममा हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी भोलाबहादुर रावलले जानकारी दिए ।


                                                                                         २१ वर्षीय मित्रलाल कामी

निजले मृतक महिलाका छोरा कृष्णबहादुर थापासँग दिनभरी बसेर रक्सी खाएको र छोरा कृष्ण केहिबेर घरदेखि बाहिर गएको मौका छोपी उनकी आमालाई बलात्कारको प्रयास गर्ने क्रममा हत्या गरेको निजले स्वीकार गरेको रावलले बताए ।

कोठामा बन्धक बनाई किशोरी बलात्कार गर्ने प्रहरी हिरासतमा
केही दिनअघि गुल्मीको सदरमुकाम तम्घासमा एक किशोरीलाई बलात्कार गरेको अभियोगमा गुल्मी अमरपुरका एक युवालाई जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासतमा राखिएको छ । अमरपुर–३ का २१ वर्षीय बालकृष्ण लम्साललाई प्रहरीको हिरासतमा राखिएको हो ।

निजले जेठ १ गतेका दिन तम्घासको एक होटलको कोठामा राखेर एक १५ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको निज किशोरीले उजुरी दिएपछि पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले बताए ।

बाहिर निस्कन खोज्दा कोठामा बन्धक बनाई राखेर जवरजस्तीकरणी गरेको खुल्न आएको एसपी रावलको भनाई छ । स्रोतका अनुसार सुरुमा उनीहरु राजीखुशी त्यस होटलमा बस्न आएका थिए ।

Loading...