Loading...
चितवन, ३१ असार । चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको नामबाट एउटा चोकको नामै परिवर्तन भएको छ ।
वर्तमान सरकारको निरन्तरता माग्दै र्यालीसहित प्रदर्शनमा उत्रिएका युवाहरुले चोकको नामै परिवर्तन गरी केपी ओली चोक राखेका छन् ।
र्याली समापन कार्यक्रममा युवा नेता रामप्रसाद न्यौपानेले भरतपुरको चौविसकोठी चोकलाई केपी ओली चोक घोषणा गरेका हुन् ।
राष्ट्रवादी नेता केपी ओली नेपाली जनताको ढुकढुकी भएकोले देशको मध्यभाग सर्वाधिक महत्वको जिल्ला चितवनको केन्द्र चौविसकोठी चोकलाई केपी ओली चोक घोषणा गरिएको उनले बताए । ‘अब यसलाई हामी नयाँ ढंगले परिभाषित गर्न चाहान्छौं’ नेता न्यौपानेले भने, ‘यसले चितवनको पनि प्रतिष्ठा बढाउने छ ।’
नेता न्यौपानले समापन समारोहमा चौविसकोठी चोकलाई केपी ओली चोक घोषणा गर्दा युवाहरुले ताली बजाएर सर्मथन जनाएका थिए ।
सुवास पण्डितबाट ।
Loading...
Social Buttons