Loading...
काठमाडौं, ३१ असार । वर्तमान सरकारबाट समर्थन फिर्ता लिँदै कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने कसरतमा लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्दा चीन झन् खुसी हुने दाबी गरेका छन् ।
शुक्रबार आफ्नै निवास लाजिम्पाटमा पत्रकारहरुसंग कुरा गर्दै प्रचण्डले आफू चीनसंग १० वर्षदेखि नजिक भएको बताउँदै ‘प्रचण्ड आउँदा चीन झन् खुसी’ हुने बताए ।
भारत तथा अन्य बाह्यशक्तिको प्रभावमा नभई नेपालको राष्ट्रिय एकतालाई बलियो बनाउन सरकार गठनको प्रक्रिया अगाडि बढाएको उनले स्पष्ट पारे । ‘हामी अझैपनि राष्ट्रिय सरकारको पक्षमा छौं, मधेसीलाई पनि सरकारमा समेट्छौं,’ उनले भने ।
भारतको योजनामा सरकार परिवर्तनको आरोप लागेपछि प्रचण्डले प्रधानमन्त्री बन्नुअघि आफूलाई चीनको नजिकको नेता भनेर निचाउने प्रयास गरेका छन् ।
Loading...
Social Buttons