Latest News

यो सरकार ढाल्न दौडधुप गरिरहेको कांग्रेस कै युवा नेता गगन थापाले ओलीको खरो समर्थन


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले वर्तमान सरकारले ल्याएका सबै योजना पूरा हुनसक्ने बताएका छन् । भिजन टेलिभिजनमा पत्रकार झलक गैह्रेसँगको अन्तर्वार्तामा कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले भिजन देखाएको र त्यो पूरा हुनसक्ने बताए । उनले भने- ‘प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएका सबै सपना पूरा हुनसक्छ, हुनुपर्छ । समृद्ध नेपालका लागि उहाँका योजनाहरु महत्वपूर्ण छन् ।’  विकासका योजनामा सरकारकालाई आफूले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले कांग्रेसले पनि सकारात्मक एजेण्डामा साथ दिनुपर्नेमा जोड दिए । अन्तर्वार्तामा उनले वर्तामान सरकारले भूकम्प पीडितलाई राहत तथा अनुदान रकम वितरण गर्न ढिलाइ गरेकोमा आलोचना पनि गरेका थिए । यसअघि नेपाली कांग्रेकी नेतृ एवं केन्द्रीय सदस्य सुजाता कोइरालाले लगातार वर्तमान सरकार ढाल्न नहुने र विकासका योजनामा कांग्रेसले सहयोग गर्नुपर्ने बताउँदै आएकी छिन् ।
Loading...