Loading...
काठमाडौं, ६ साउन - केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफैं प्रधानमन्त्री बन्ने दाउमा परेका माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट रोक्ने प्रयास सुरु भएको छ।
माओवादीले वर्तमान सरकालाई दिएको समर्थन फिर्ता लिएपछि अन्योलग्रस्त बनेको राजनीतिले नयाँ मोड लिन लागेको हो। व्यवस्थापिका संसदमा पहिला अविश्वासको प्रस्तावमाथि छलफल हुने की वजेट आश्रित विधेयकमाथि भन्नेमा विषयमा विवादित दलहरुबीच सहमति गराउन सभामुख ओनसरी घर्तीले बोलाएको बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले नयाँ प्रस्ताव राखेपछि राजनीतिले नयाँ मोड लिन लागेको संकेत मिलेको छ
प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा राजीनमा नदिने अडान लिइरहेका बेला कांग्रसे नेता पौडेलले बिहीबार प्रमुख दलको बैठकमा सहमतिका लागि भन्दै मध्यमार्गी प्रस्ताव अघि सारेका थिए, जसलाई प्रधानमन्त्री ओलीलेसमेत सकारात्मक रुपमा लिएका छन्। पौडेलले प्रधानमन्त्रीले राजीनामा दिने, सरकार विरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने, बजेट आश्रित विधेयक पारित गराउने र संविधान कार्यान्वयन, शान्ति प्रक्रिया तथा पुननिर्माणलगायतका विषयमा सहमति गरी राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रस्ताव गरेपछि व्यवस्थापिका संसद बैठक शुक्रबार दिउँसो दुई बजेसम्मका लागि स्थगित गरिएको छ।
पौडेलको प्रस्तावलाई प्रधानमन्त्री ओलीले सकारात्मक रुपमा लिएको निकट स्रोतले जनाएको छ। प्रधानमन्त्री ओलीले आफूले सरकार छोड्नु परेपनि प्रचण्डलाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नदिने योजनामा रहेको स्रोतले दाबी गर्यो।
तर पौडेलले अघि सारेको प्रस्ताव पार्टीको आधिकारिक नभएको सभापति देउवा पक्षधरले दाबी गरेका छन्। उनीहरुले पौडेलले ल्याएको प्रस्ताव कहाँबाट आयो भन्दै आश्चर्य प्रकट गरेका छन्। देउवा निकट मानिने नेता विमलेन्द्र निधिले पौडलले प्रस्तावले आफूहरु आश्चर्यमा परेको आफू निटकलाई बताएका छन्। देउवा पक्षधर नेताहरुले प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट रोक्न अन्तिम अस्त्रको रुपमा पौडेलको प्रस्ताव आएको आरोप लगाएका छन्।
यसअघि प्रधानमन्त्री ओलीले पौडेललाई प्रधानमन्त्री बन्न तयार भए एमालेले सहयोग गर्ने बताएका थिए। स्रोतका अनुसार आन्दोलरत संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवपनि प्रचन्डलाई प्रधानमन्त्री बन्नबाट रोक्नुपर्ने पक्षमा छन्। अरु ओली नेतृत्वको सरकार कायम होस तर प्रचण्डलाई जसरी पनि प्रधानमन्त्री बन्नबाट रोक्नुपर्ने अभियानमा यादव रहेको स्रोतले जनायो। स्रोतका अनुसार केही दिन अघि नेपाल आएको चिनियाँ प्रतिनिधि मण्डलले जसरी भएपनि प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट रोक्न यादवलाई दबाब दिएका थिए। उपेन्द्र यादवको चीनसँग राम्रो सम्बन्ध रहेको बताइन्छ।
अहिलेसम्म केपी ओलीको उत्तराधिकारीको रुपमा हेरिएका प्रचण्डले नै बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा आफू प्रधानमन्त्री बन्ने निश्चित भइ नसकेको बताएका थिए।
उता एमालेले भने पौडेलको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै सहमतीय सरकार गठनको आधारसमेत बन्न सक्ने संकेत गरेको छ। एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पौडेलको प्रस्तावलाई सकारात्मक रुपमा लिएर छलफलको आधार बनाएको संचारकर्मीलाई बताएका छन्। एमालेले अन्तिम पटक प्रचण्ड र देउवा गठबन्धन भत्काउन सहमतीय सरकारको प्याकेज प्रस्ताव अघि सार्ने बताइएको छ।
Loading...

Social Buttons