Loading...
काठमाडौं ६ साउन-बिहान ११ बजेलाई बोलाइएको संसद बैठक दिँउसो दूई बजेसम्मका लागि स्थगित भएको छ । यता एमालेले झैं काग्रेसले समेत आफ्नो संसदहरुलाई भिड्न तयार रहन निर्देशन दिएसँगै संसद बैठकमा भने दोहोरो भीडन्त हुने संकेत देखिएको छ ।
कांग्रेस संसदीय दलको बिहीबार विहान बसेको बैठकको सुरुमा प्रमुख सचेचक चिनकाजी श्रेष्ठले एमाले सांसदहरुले रोष्टम घेर्दा कुनै प्रतिवाद नगर्न निर्देशन दिएका थिए ।
लगत्तै संसदीय दलका नेता देउवाले सांसदहरुलाई सम्बोधन गरे । उनले एमालेले जहिले पनि निहुँ खोज्ने गरेको भन्दै चर्को आलोचना गरे । आफ्नोविरुद्ध अविश्वासको प्रस्ताव गर्दा होस् वा मनमोहन अधिकारीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा होस्, एमालेले निहुँ मात्रै खोज्ने गरेको उनले सुनाए ।
‘लोकतन्त्र मान्छु भनेर एमालेले भन्दै आएपनि सत्ता छाड्ने बेला उसले देखाएको चरित्रले प्रमको व्यक्तित्वलाई उदाङ्गो पारेको छ’,
सरकारले विश्वास गुमाइसकेपछि विधेयक पास गर्न खोज्नुको कुनै औचित्य नभएको भन्दै उनले निहुँ खोजे जवाफ दिन तयार भएर बस्न आफ्ना सांसदहरुलाई निर्देशन दिए ।
एमाले संसदीय दलको हिजो बसेको बैठकले पेलेरै जान संसदहरुलाई निर्दश दिएको भोलीपल्ट बसेको काग्रेस बैठकले समेत उस्तै प्रकारको निर्दशन दिएसँगै संसद बैठकमा मारमुग्रीं हुने संकेत देखिएको छ ।
Loading...

Social Buttons