Latest News

नेपाल विरुद्ध मोदीले बनाउँदैछन् यी दुई खतरनाक रणनीति !!!!


आफु अनुकुल नभएको निश्कर्ष सहित वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न भारतले चालेको रणनीति २४ घण्टामै असफल भएपछि भारतीय संस्थापन अहिले तनावमा परेको छ ।

भारतीय प्रधानमन्त्रीकै चाहना र परामर्शमा भारतीय खुफिया एजेन्सी सहित भारतीय दुतावासले समेत विशेष चासोका साथ वर्तमान सरकार ढाल्ने रणनीति लिएका थिए । जसमा कांग्रेस सभापति शेरबहादुर देउवाको समेत समर्थन रहेको थियो ।

देउवाले ओली सरकार ढाल्नका लागि आफु जस्तोसुकै हथकण्डा अपनाउन तयार रहेको जनाउँदै आएका थिए । एकाएक उनले सत्ता साझेदार एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको अफर दिलाएर रातारात सत्ता परिवर्तनको खेल बुने । तर, यो खेलमा भारतको पनि प्रत्यक्ष संलग्नताको गन्ध पाएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल यो रेसबाट बाहिरिए ।

नी बाहिरिएपछि भारतलाई नमज्जासँग धक्का लाग्यो । भारतले सरकार परिवर्तनका लागि भारतस्थित नेपाली राजदुत दिपकुमार उपाध्यायलाई पनि संलग्न गराएको र उनी पनि लागेको आरोपमा सरकारले उनलाई फिर्ता बोलाउने निर्णय गरेर भारतलाई पहिलो दनक दियो भने राष्ट्रपति विद्यादेवि भण्डारीको भ्रमण रोकेर फेरि निरन्तरको दोस्रो झड्का दियो ।

यती मात्रै होइन सरकारले नेपालस्थित भारतीय राजदुत रणजित रायलाई पनि फिर्ता पठाउने चेतावनी दिएर फेरि भारतलाई दनक दिने तयारी गरिरहेकै बेला रोकीएको छ ।

अब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालसँगको सम्बन्ध सुधार्नका लागि आफैं पहल गर्न त्यहाँका बुद्धिजिवीहरुले सुझाव दिइरहेका छन् । यस्तोमा मोदीले नेपालमाथि अन्तिम दुई विकल्प प्रयोग गर्ने तयारी गरिरहेको भारतीय सञ्चार माध्यमहरुले नै बताइरहेका छन् । भारतले वर्तमान ओली सरकार ढाल्न नसकेको पीडालाई आक्रोश र आवेगमा आएर त्यही अनुसारको रणनीति लियो भने फेरि पनि तत्कालका लागि आम नेपालीले पिडा भोग्नुपर्ने हुन्छ ।

केही समय अधि मात्रै नाकाबन्दी लगाएको भारतले त्यही तहमा नपुगे पनि नियमित आयातलाई रोक्ने रणनीति लियो भने फेरि समस्या हुने छ । उस्ले पुन नाकाबन्दी गर्ने तयारी गरेको अवस्थामा समस्या बढ्ने छ ।

आम नेपाली वर्तमान सरकारसमक्ष आक्रोश बन्ने छन् र सरकार ढाल्न सहज हुनेछ भन्ने उस्को विश्लेषण रहेको भारतीय सञ्चार माध्यमहरुले लेख्न थालेका छन् । नवभारत टाइम्सले त मोदीलाई कि सम्बन्ध सुराध गर, नत्र असोज ८ मै फर्क भनेर सुझाव सहितको सम्पादकीय लेखिसकेको छ । यसकारण मोदीले पहिलो विकल्पका रुपमा वर्तमान सरकार गलाउनका लागि इन्धन लगायतका सामग्रीहरुको कटौती गराउन सक्ने विश्लेषण भारतमा भैरहेको छ ।

ओली र प्रचण्ड दुवै चीन निकट बनिरहेको विश्लेषणमा रहेका भारतीय कुटनीतिज्ञहरुले प्रधानमन्त्री मोदीलाई नेपालमा चरम राजनीतिक संकट पैदा गरेर निर्दलीय सरकारको विकल्पमा जान बाध्य पार्ने रणनीति लिन सुझाव दिएको बताइन्स । त्यसका लागि मधेस आन्दोलन पुन उचाल्न लगाउने र नेपाल सरकार लचिलो बने पनि मधेसी दलका नेताहरुलाई सहमति गर्न नदिने रणनीति लिन सक्ने विश्लेषण गरिएको छ । यो मोदीका लागि निकै अफ्ठेरो र आलोचित हुने विकल्प हो ।

त्यस्तै दोस्रो विकल्पका रुपमा उनले तत्काल वर्तमान सरकारमा सहभागि रहेका साना दलहरुलाई सत्ता बाहिर लानु हुने छ । भारतीय सञ्चार माध्यमहरुको विश्लेषण अनुसार तत्काल राप्रपा नेपाल, राप्रपा लगायत साना दलहरु भित्र चरम असन्तुष्टि पैदा गराउने र सरकारबाट समर्थन फिर्ता लिन लगाउने रणनीति बन्न सक्छ ।

त्यसका लागि मोदीले मान्छे प्रयोग गरिसकेको बताइन्छ । उनले राप्रपा नेपालमा समस्या पैदा पारिसकेको र भारतीय दुतावासको प्रत्यक्ष संलग्नतामा साना दलका सांसदहरुलाई प्रभावमा पार्ने रणनीति लिएको बताइन्छ ।


शेरबहादुरको प्रस्तावमा प्रचण्ड पुर्ण आश्वस्त बन्न नसक्दा सरकार टिकेको विश्लेषण सहित फेरि प्रचण्डलाई मनाउने, राप्रपा नेपाल, राप्रपा, फोरम लोकतान्त्रिक लगायतका सत्तारुढ दलहरुलाई पनि प्रचण्डलाई समर्थन गर्ने वातावरण बनाउने तयारी भित्र भित्रै भैरहेको बताइएको छ ।

यसरी जससरी पनि ओली–प्रचण्ड सम्बन्ध टुटाउने र कम्युनिष्टहरुका विचमा विवाद पैदा गराएर सत्ता गठबन्धन टुटाइदिनका लागि मोदीले तत्काल यी दुई रणनीति अंगिकार गर्ने तयारी गरेको भारतीय सञ्चार विशलेषण रहेको छ ।

यती गर्दा पनि सरकार ढल्न नसकेमा फेरि नयां ढंगबाट सम्बाद गर्ने र ओलीलाई नै विश्वासमा लिएर काम गर्ने मोदीको रणनीति बन्ने छ । यसका लागि मोदीले विभिन्न तहमार्फत ओलीसँगको सम्बन्ध तत्काल सुधार्ने प्रयत्न पनि थाल्ने विश्लेषण भारतीय कुटनीतिज्ञहरुको छ । नेपाल शन्देसबाट

-
Loading...