Loading...
काठमाडौं साउन १० अख्तियारको डरले त्राहीमाम भएर बाम गठबन्धन तोडन सक्रिय भूमिका निर्वाह गरेवापत माओवादी नेता कृष्ण बहादुर महराले गतिलै पुरस्कार भेट्ने भएका छन । प्रचण्ड प्रधानमन्त्री रहँदा सञ्चारमन्त्री भएका महराको त्यसै समयमा एउटा अडियो सार्वजानिक भयो । जस्ले सनसनी मच्चायो । चीनसँग अत्यन्त निकट सम्बन्ध रहेका महरालाई अख्तियार दुरुपयोग अनुसन्धानले डाम्न लागेका २९ जना मध्य उनको नाम पनि त्यही सूचीमा समाहित थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई डाम्ने देखेर डराएका माओवादी नेता कृष्णबहादुु महरा युटर्न भए र भारतको शरणमा पुगे । आफूलाई भारत निकट लोकमानसिंह कार्कीबाट जोगाइदिने अनुनय गर्दै उनी दिल्ली पुगेका थिए । त्यहाँ पुगेर उनले दिल्लीको दुतको रुपमा प्रचण्डको कान भरे ।प्रचण्ड समेत द्वन्दकालीन मुद्धादेखि लिएर सत्तामा रहँदा आर्जन गरेको अकूत सम्पत्तिको छानबिन तथा ज्यानकै असुरक्षा लगायतका बिषयमा गम्भीर बने र आफूलाई समेत फाइदा हुने अवस्था देखेपछि ओलीलाई धोका दिन पुगे ।
राष्ट्रिय स्वाधिनताको मुद्धा बोकेर हिडिरहेको ओली सरकार त्यतिकै ढाल्नु प्रचण्डका लागि सकस थियो । उनले ओलीमाथि आधारहीन आरोप लगाए र तिनै कुराहरुलाई सत्ताबाट बाहिरिनुको कारणको रुपमा प्रस्तुत गरे । महराले दिल्लीबाट ल्याएको ग्राण्ड डिजाइन अनुसार नै प्रचण्ड पनि ओलीको साथ छाड्न तयार भएको माओवादी निकट सूत्रको दाबी छ ।
सूत्र भन्छ प्रचण्डलाई केही महिनाको लागि प्रधानमन्त्री हुने बाटो तय गरिदिएको भए पनि प्रचण्डलाई यो कामका लागि राजी गराउन प्रमुख भूमिका खेलेका कृष्णबहादुर महराले समेत उपप्रधानसहित महत्वपूर्ण मन्त्रालय (अर्थ मन्त्रालय) पडकाउदैछन ।
Loading...
Social Buttons