Loading...
भारतको एक चर्चित पत्रिका दि टाइम्स अफ इन्डियामा ओली नेतृत्वको सरकार विघटन हुनु भारतका लागि खुसीको भएको हेडलाइन बनाएर न्यूज प्रकाशन गरेको छ । दि टाइम्स अफ इन्डियाले मात्रै होइन, प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएसँगै भारतीय संचारमाध्यहरुहरुले आक्रामक ढंगमा न्यूज संप्रेषण गरेका छन् र अधिकांशले ओली सरकार विघटन हुनु भारतको पक्षमा भएको र अब बन्ने सरकारलाई भारतले भरपुर साथ दिने आशयबाट समाचार प्रकाशन गरिएको छ ।
प्रधानमन्त्रीले संसद्मा राजीनामाको घोषणा गर्नुभन्दा अभि नै भारतको एक न्यूज च्यालन आजतकले यो न्यूज ब्रेक गरेको थियो । नेपालमा भन्दा पहिला भारतीय च्यानलमा यो सूचना कसरी पुग्यो होला ? आजतकले नेपालमा सरकार विघटन भएको र नयाँ गठन हुने सन्दर्भमा आफ्नो समाचार सामग्रीलाई प्राथमिकता साथ प्रशारण र प्रकाशन गरेको थियो । उसको अनलाईन संस्करणमा यो लामो समय प्राथमिकताको विषय बनेको थियो ।
त्यस्तै, भारतको एक प्रभावशाली पत्रिका नवभारत टाइम्सले ओली सरकारको पालामा नेपाल भारत सम्बन्ध विग्रिएको भन्दै ओली नेतृत्वको सरकार विघटन भएकोमा खुसी व्यक्त गरेको छ । त्यस्तै यो पत्रिकाको अनलाइन संस्करणमा अब माओवादी केन्द्रका अध्यक्ष पुष्कममल दाहालको नेतृत्वमा बन्ने सरकारलाई भारतको पूर्ण समर्थन रहने उल्लेख छ ।
भारतको अर्को लोकप्रिय पत्रिका हिन्दुस्तान टाइम्सले पनि ओली सरकारको विघटनलाई आफ्नो जीतसरह समाचार बनाएको छ । विभिन्न भारतीय विज्ञहरुको भनाईलाई हवाला दिएर बनाइएको समाचारमा नेपालको विदेश नीतिप्रति असन्तुष्टि जनाउँदै अबको सरकारले सन्तुलित सम्बन्ध बनाउँने अपेक्षा गरेको उल्लेख छ । यसरी भारतीय सञ्चार माध्यहरुले ओली सरकारको विघटनलाई खुसीको न्यूजका रुपमा लिनु र नयाँ बन्ने सरकारलाई साथ रहने कुरा उल्लेख गर्नुले विषयलाई शंस्कापद बनाएको टिप्पणी नेपालमा भइरहेको छ ।
जानकारहरु के भन्छन् ?
नेपालमा सरकार गठन र विघटनको बेला छिमेकी हात रहेको भन्ने सबाल नौलो होइन । तर ओली नेतृत्वको सरकारले उत्तरी छिमेकी चीनसँग बढाएको सम्बन्धका कारण भारत चिढिएको हुनसक्ने विश्लेषण गरिएको छ ।
सरकारविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल हुँदा पनि नेपालको राजनीतिमा भारतीय प्रभावको विषय सतहमा आएको थियो । नेपाली कांग्रेसका सांसद तथा एक जना समाजवादी चिन्तकको परिचय बनाएका विश्लेषक प्रदीप गिरीले सरकार बनाउँने बेला आफैंले बनाएको भन्ने तर विघटन चाहीं भारतले गरेको भन्ने चलन गलत भएको टिप्पणी गरेका छन् । स्विकार्न कठिन भए पनि र कुनै ठोस प्रमाण नभए पनि घटनाक्रमहरुले नेपालको सरकार गठन र विघटनमा भारतको हात रहने गरेको समीक्षा नेपालको राजनीतिमा भइनैरहन्छ ।
ब्याट्रिबाट परिचालित: प्रधानमन्त्री
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले एक सार्वजनिक कार्यक्रममै भनेका थिए, ब्याट्रिबाट परिचालितहरुले सरकार ढलाउँने खेल खेलिरहेका छन् ।
त्यसपछि यो विषयमा व्यापक तर्क- वितर्क र बहश भयो । सरकारका मन्त्रीहरुले त खुलेआम सरकार ढाल्न भारतको हात रहेको वाताए ।
बाहिरबाहिर मात्रै होइन, संसद्को छलफलमै भारतको विषय उठ्नु चानचुने कुरा होइन । निरन्तर नेपालमा अश्थिरता चाहने भारतले धमिलो पानीमा माछा मार्न खोजेको भन्दै प्रधानमन्त्री ओलीले संसदलाई जवाफ दिएको सन्दर्भले पनि विषयलाई शंकास्पद बनाएको छ । र कांग्रेस माओवादीले पनि ओली सरकारले छिमेकसँगको सम्बन्ध विगारेको आरोप लगाएका छन् । ओलीले भने कसैसँग सम्बन्ध नविगारेको, तर चिनसँग पनि नयाँ शिराबाट सम्बन्ध स्थापित गरेको तर्क गर्दै आएका छन् । यससँगै भारतको भूमिका र उसको स्वर्थबारे नागरिकस्तरमै बहश सुरु भएको छ ।
अमरेशले किन यसो भने ?
दक्षिणी छिमेकी भारतसँग निकटस्थ सम्बन्ध भएका भनिएका नेपाली कांग्रेसका एक जना सांसद् अमरेशकुमार सिंहले संसद वैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक सन्तुलन ठीक नभएको भनिदिए । गरिमामय र जनप्रतिनिधिहरुको सर्वोच्च निकाय संसद्मा एक जना सांसदले देशका प्रधानमन्त्रीलाई मानसिक सन्तुलन ठीक नभएको भनेर टिप्पणी गर्नु अत्यन्तै अमर्यादित सवाल हो । प्रधानमन्त्रीविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा एक जना सांसदले यति सस्तो टिप्पणी गर्नुले हाम्रो राजनीतिक दलका नेताहरुको वजनलाई सतहमा ल्याइदिएको छ । सिंहको भनाईप्रति केही सांसदहरुले आपत्ति जनाएपछि सभामुखले उनको भनाई संसद रेकर्डबाट हटाउन निर्देश गरिन् ।
सभामुखको भनाईपछि सिंहको विवादास्पद भनाई संसद रेकर्डबाट त हट्यो होला, तर नागरिकमन र संसदको मर्यादामाथि लागेको दाग भने कहिल्यै मेटिने छैन । नेपालमा सरकार विघटन र गठनको विषयमा छिमेकी देश भारतको हात रहेको सन्दर्भ महत्वका साथ उठिरहेका बेला भारतसित निकट मानिएका सांसदको यस्तो भनाई सार्वजनिक हुनुले विषयलाई झन् जटिल बनाएको छ ।
आखिर कस्ले ढाल्यो सरकार ?
सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएदेखि नै ओली नेतृत्वको सरकार ढाल्न पर्दा पछाडी को सक्रिय छ ? भन्ने आमचासो बढिरहेको थियो र देशका मुख्य दुई ठूला बामपन्थी दल एमाले र माओवादी मिलेर बनेको सरकार ढाल्न किन माओवादी नै ज्यादा सकृय भयो ? भन्ने बहस पनि चलिरहेको थियो, जब कि देशका प्रमुख निकायहरुमा वामपन्थीकै बर्चश्व थियो । प्रतिपक्षमा रहेको नेपाली कांग्रेस ओली नेतृत्वको सरकार ढाल्न खेल खेल्नुलाई अस्वभाविक मान्न सकिँदैन । तर माओवादी केन्द्र नै किन अति सकृयताका साथ सरकार ढाल्न लागि प¥यो ? जबकि, संसदमा अविश्वासको प्रस्ताव प्रस्तुत गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई दिएको समर्थन फिर्ता लिनु र नयाँ सरकार गठनको औचित्य पुष्टि गर्न नसकेको धेरैको विश्लेषण छ । कतै ओली नेतृत्वको सरकार गिराउन नेपथ्यमा रहेको शक्तिको भूमिका प्रधान त छैन भनेर शंका हुन थालेको छ । कतिपयले ओली नेतृत्वको सरकारले भारतअनुकुल काम नगरेका कारण भारतले नै चलखेल गरेर ढाल्न माओवादीलाई प्रयोग गरेको शंका गरेका छन् । हुनतः नेपालमा हरेक सरकार गठन र विघटनमा भारतको भूमिका हुन्छ भनेर लख काट्ने प्रचलन छ ।
Loading...

Social Buttons