Latest News

बिचरा गच्छदार ! सरकारको मोह यिनलाई जति कस्लाई होला ?


काठमाडौं । पावरबिना बाँच्नै नसक्ने राजनीतिकर्मीका रुपमा परिचय स्थापित गराएका मधेसका नेता विजयकुमार गच्छदार यसपटक नराम्रोसँग झुकिएका छन् ।

ओली सरकारको परिवर्तनसगैँ उनी कोसगँ मिसिएर मन्त्री बन्ने होला चिन्ताले गलाएको छ ।  माओवादीले तत्काल सरकार छोड्छ र नयाँ सरकार गठन हुने परिस्थिति बन्न सक्छ भन्ने सुइँकोसम्म नपाएका गच्छदार अनिश्चित कामसम्म ओली नेतृत्वकै सरकारले निरन्तरता पाइरहने विश्वासमा थिए ।

केपी ओली सरकारबाट बाहिरिने चिन्ता जति छ त्यो भन्दा बढि चिन्ताले गच्छदारलाई गाजेको छ । गत सोमबार राति मात्र माओवादीले सरकार छोड्ने निश्चित भएको थाहा पाएका गच्छदार मंगलबार बिहान आठ बजे नै प्रचण्डनिवास लाजिम्पाट पुगेका थिए ।

मलाई पनि तपाईहरुसँगै नयाँ गठबन्धन सरकारमा सामेल गरिदिनुप¥यो भनी गिडगिडाएका गच्छदारलाई थामथुम पार्न प्रचण्डलाई निकै मुस्किल परेको थियो । गच्छदारले प्रचण्डसँग म तपाईको सुख दुःखको साथी हुँ, मलाई सँगै लगिदिनुप¥यो, छोडिदिनुभएन भनेपछि प्रचण्डले पनि गच्छदारलाई तपाई वास्तवमै मेरो सुख दुःखको साथी हो, भन्दै तत्काल जे भए पनि ढिलोचाँडो तपाई सरकारमा सामेल हुनैपर्छ, भनी आश्वासन पनि दिएर थामाएका थिए ।

प्रचण्डबाट सरकारमा सामेल गराइने ठोस वचन लिएर मात्र फर्कने सोच बनाएर लाजिम्पाट पुगेका गच्छदार प्रचण्डले बचन नदिएपछि त्यहाँबाट निराश भएर फर्किएका थिए ।

अघिल्लो दिनसम्म ओली सरकार ढले नेपालको राष्ट्रियता खतरामा पर्ने भन्दै भाषण गरिरहेका गच्छदार डुब्न लागेको जहाजको मुसा झै सबैभन्दा पहिला ओली विकल्पको सरकारमा सामेल हुने इच्छा दर्शाउन प्रचण्डसमक्ष पुग्नुले उनी वास्तवमा पावरबिना बाँच्नै नसक्ने व्यक्ति हुन् भन्ने थप स्पष्ट भएको छ । त्यसो त अब हुने सरकारमा छुटिएला भने र गच्छदारले आज पनि प्रचण्डलाई भेटेका थिए । 

Loading...