Latest News

प्रचण्ड र देउवा विदेशी ईशारामा चल्ने दलाल भएको विप्लवको आरोप

८ साउन, काठमाडौं।
नेकपा माओवादीका महासचिव नेत्र विप्लव चन्दले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा विदेशी ईशारामा चल्ने दलाल भएको आरोप लगाएका छन् 
राजधानीमा आयोजित नेपाल गणतान्त्रिक खेलकुद महासंघको प्रथम जिल्ला भेलालाईसम्बोधन गर्दै महासचिव चन्दले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले विदेशीको ईशारामा देशका युवाको सपना बेच्ने दलालको काम गरेको आरोप लगाए ।

महासचिव चन्दले प्रधानमन्त्री केपी ओलीको सरकार सेयर बजारमा घट्ने अवस्थामा रहेको बताए भने पुष्पकमल दाहाल र शेरबहादुर देउवाको शेयरको भाउ बढ्दो भएको बताउँदै शेयरबजारको कारोबारमा उनिहरुले देशलाई चलाउन खोजेको टिप्पणी गरे ।

उनले यी नेताहरुले देशलाई बेचविखनको कारोबारमा समेटी प्रगतीपथमा नभई उँधोगतितिर अघि बढाईरहेको आरोप लगाए ।

महासचिव चन्दले नेताले देशलाई उँधो गतितिर अघि बढाईरहेको आरोप लगाए।
Loading...