Loading...
काठमाडौं, १ साउन । संयुक्त राज्य अमेरिकाले ५४ जना भारतीयलाई देशनिकाला गरेको छ ।
अमेरिकाका सहायक विदेशमन्त्री माइकल थरेन बण्डले गएको अप्रिल महिनामा ५४ जना भारतीयलाई देश निकाला गरेको बताएका छन् । यो समाचार भारतीय पत्रिका नवभारत टाइम्सले पनि प्रकाशित गरेको छ ।
अमेरिका सहायक विदेशमन्त्री बण्डले यो महिनापनि धेरै भारतीयलाई देशनिकाला गर्ने तयारी भइरहेको बताए ।
उनले भनेका छन्- ‘अमेरिकाको कानूनविरुद्ध र अपराधमा संलग्न विदेशीलाई देश निकाला गरी स्वदेश फिर्ता पठाएका छौं । यसमा गत महिना ५४ भारतीय परेका छन् । यो महिनामा पनि धेरै भारतीय छन् ।’
अमेरिकाको यो निर्णयपछि अमेरिकी राष्ट्रपति बराक ओबामाका नजिक मानिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना सुरु भएको छ ।
Loading...
Social Buttons