Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

विकासका लागि नयाँ विचार ल्याएको छु ,म बोलेर होइन काम गरेर देखाउने छु , मलाई काम गर्न दिनुहोस -प्रम ओली

दमक, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समग्र विकास गर्न आफू प्रधानमन्त्री बनेको बताउनुभएको छ । उहाँले संविधान कार्यान्वयनसँगै मुलुक विकसित गर्ने काममा आफूले नयाँ विचार ल्याएको दावी गर्नुभयो । दमक–१ स्थित रतुवा खोलादेखि इलामको चुलाचुली जोडिने रतुवा पुलको आज बिहान शिलान्यास गर्नुहँुदै प्रधानमन्त्री ओलीले आफूले बोलेर मात्र हैन, काम नै गरेर देखाउने दृढता व्यक्त गर्नुभयो ।

विकासका नौलो योजनाको खाका सुनाउँदा अनेकौ आलोचना सहनुपरेको उल्लेख गर्नुहँुदै उहाँले भन्नुभयो, “आज जनताले बुझ्न थाले, प्रम ओली साँच्चै विकासका अगुवा हुनुहुदोरहेछ भनेर ।”

मुलुकको विकास निर्माण सबैको साझा एजेन्डा भएको बताउँदै प्रधानमन्त्री ओलीले यसका लागि सबै दल तथा समाजका हरेक क्षेत्र, वर्ग र पेसाकर्मी एकजुट हुनुपर्ने बताउनुभयो ।


प्रम ओलीले प्राकृतिक स्रोत, साधनका अनेकौं सम्पदाको उच्चतम सदुपयोग गर्न नसकिएको बताउँदै सम्पदाको विकासमा सरकार पूर्ण प्रतिबद्ध रहेको विश्वास दिलाउनुभयो ।

प्रम ओलीले हाम्रो देशको चुनौती राष्ट्रनिर्माणको मात्र भएको चर्चा गर्नुहुँदै यसका लागि पनि दलबीच आपसी एकता र सहकार्य बन्नुपर्छ भन्नुभयो ।

उहाँले झापाको विकासमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै यसवर्ष मात्र झापाका विभिन्न नदी तथा खोला नियन्त्रण गर्न रु ७४ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्बाङ, पूर्वाञ्चल सडक डिभिजन कार्यालयका प्रमुख शिवहरि सापकोटा, सडक विभाग पुल योजना शाखाका प्रमुख अर्जुन अर्याल, चुलाचुली गाविसका पूर्व अध्यक्ष ओमनारायण खनाल लगायतले रतुवा खोलामा बनिने पुलको महत्वका बारे चर्चा गर्नुभयो ।

आगामी तीन वर्ष भित्रमा पूरा गर्ने लक्ष्य लिइएको सो पुलको काम एलिट कन्स्ट्रक्सन कम्पन्नीले लिएको छ । २०० मिटर लामो सो पुलको निर्माण गर्न रु १५ करोड ६८ लाख २१ हजार २५० लाग्नेछ ।

-
Loading...