Latest News

यसरी सफल हुँदैछ कमल थापालाई प्रधानमन्त्री बनाउने योजना, यस्तो छ भित्री चलखेल

शुक्रबार, २८ जेठ
काठमाडौ । उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा भारत भ्रमणमा छन् । थापाको शुक्रबारदेखि सुरू उक्त भ्रमण पाँचौ पटकको हाे । आठ महिनाभित्रै उनी पाँच पटक दिल्ली पुग्ने नेता हुन् । थापा यसअघि नाकाबन्दीको समयमा दुईपटक, प्रधानमन्त्री ओलीसँग एक पटक, रविशंकरले बोलाउँदा एक पटक गरि चार पटक दिल्ली पुगिसकेका छन् । उनको यो भ्रमणलाई राजनीतिक रुपमा निकै अर्थपूर्ण तवरले हेरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण अकस्मात रद्द भएपछि पहिलोपटक दुवै देशबीच उच्चस्तरमा राजनितिक भेटघाट हुन लागेको हो ।yasri
थापा खासगरी बजेट प्रस्तुत भएसँगै सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग असन्तुष्ट छन् । बजेट पूर्ण रुपमा कम्युनिज्ममा आधारित भएर ल्याईएकोमा उनको तीव्र असहमत छ । उनी आफ्नो असन्तोषलाई राजनीतिक शक्ति आर्जनको लागि उपयोग गर्ने दाउमा छन्–त्यो पनि आफैं प्रधानमन्त्रीको उम्मेद्धवार बनेर । हुन त उनको यो चाहना त्यति अस्वभाविक पनि होईन् । यद्धपी शक्ति सन्तुलनको राजनीतिमा र संसदीय अभ्यासमा निकै अनुभवी नेता थापाले उक्त चाहना पूरा गर्न दिल्लीलाई नै प्रमुख ठानेर त्यसै अनुरुपको अभ्यास गर्न खोज्नुमा भने यसले नेपाली राजनीतिमा केही तरंग पैदा गर्छ भन्दा अतिशयोक्ति नहोला ।
अध्यक्ष थापा केपी ओली नेतृत्वको सरकार जसरी पनि गिराउनुपर्छ भन्ने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको राजनीतिक निहित उद्देश्यलाई क्यास गर्दै वर्तमान गठबन्धनको सरकारको विरुद्धमा अर्को डेमोक्र्याट एलायन्स बनाएर त्यसको नेतृत्व आँपैm गर्ने दाउमा रहेको स्रोतको दाबी छ । उनी अब बन्ने नयाँ गठबन्धनमा संविधानलाई लिएर असन्तुष्ट आन्दोलनरत मधेशी मोर्चालाई समेत साथमै लिएर अघि बढ्ने सोचमा छन् ।
हुन त सतहमा उनको भ्रमण दुई देशबीचको सम्बन्ध सुधार तथा असमझदारी हटाउने विषयमा केन्द्रित हुने भनिएको छ । साउथ एसियन विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन दिल्ली जानु त थापाको लागि औपचारिक भ्रमण मात्रै हो, तर उनको भित्री मक्सद भने माथि चर्चा गरेभैंm नै हो ।
बाहिर बाहिर ओली नेतृत्वको सरकारको खुलेरै बचाउ गर्ने अनि भित्र–भित्र आफ्नो स्वार्थलाई केन्द्रमा राखेर ताना बुन्दै गरेका अध्यक्ष थापाको भ्रमणलाई राजनीतिक भविष्यवाणी गर्नेहरुले समेत निकै महत्वपूर्ण रुपमा लिएका छन् ।
भारतकै शीर्ष नेतासँगको उनको सम्बन्धको कुरा गर्ने हो भने पनि आजको दिनमा भारतीय प्रभावशाली नेताहरु जस्तो उनको समकक्षी सुष्मा स्वराज देखि लिएर भारतीय जनता पार्टीका बरिष्ठ नेताहरु लगायत हिन्दुवादीहरुसँग उनको अत्यन्तै घनिष्ठ सम्बन्ध रहेको छ । खासगरी भारतीय राजनीतिमा समेत प्रभाव पार्न सक्ने विदेशमन्त्री सुष्मा स्वराजसँग त उनको झनै राम्रो सम्बन्ध छ ।
त्यस्तै गृहमन्त्री राजनाथ सिंहसँग पनि उनको निकै प्रगाढ सम्बन्ध छ । उनी भारत जानु अघि नै यी दुई मन्त्रीसँग उनको भेटघाट तय भैसकेको छ । यद्धपी थापा भने आफूलाई यसपटक यही लेभलको भेटवार्तामा सिमिति नराख्ने पक्षमा छन् । उनी जसरी पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्न चाहन्छन् ।
मोदीसँग यसपटक उनले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग माँग्ने बुझिएको छ । थापा आफूलाई प्रधानमन्त्री बन्ने खुल्ला बाटो राखेर मोदीसँग गम्भिर छलफलमा बस्न चाहेको स्रोतको दाबी छ । थापाले ओली नेतृत्वको असन्तुष्ट दल नेपाली काँग्रेसका केही प्रभावशाली नेताहरुसँगको पछिल्लो भेटवार्तामा पनि काँग्रेसले आफूलाई प्रधानमन्त्रीमा नाम सिफारिश गरे त्यसको नेतृत्व लिन तयार रहेको संकेत गरिसकेका छन् । खासगरी उनले केपी ओलीको विरोध गर्ने नेताहरुलाई आफूलाई सहयोग गर्न आग्रह गरेको बुझिएको छ ।
हुन त थापा सार्क मन्त्रिपरिषदको हैसियतले दीक्षान्त समारोहमा भाग लिन दिल्ली जान लागेपनि यो भ्रमणलाई द्विपक्षीय सम्बन्ध सुधार गर्ने अवसरका रूपमा लिँदै नेपाल र भारत दुवै देशले उनको भ्रमणलाई उच्च प्राथमिकता दिएका छन् । स्रोतका अनुसार थापाको उक्त भ्रमण राष्ट्रपति भण्डारीको भ्रमण रद्द र मधेस समस्या समाधान लगायतका विषयमा उत्पन्न पछिल्ला भ्रम चिर्न केन्द्रित रहने पनि बुझिएको छ ।
यस्तो छ उनको भारतमा रहँदाको कार्यातालिकाः
थापाले दिल्ली पुगेकै दिन शुक्रबार ३ बजे इन्डियन प्रेस क्लबमा भारतका ठूला सञ्चार माध्यममा वरिष्ठ पत्रकारहरूमाझ अन्तरक्रिया गरेका छन्गर ।
शुक्रबार ४ बजे भारतको पुरानो थिंकट्यांक अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ) ले नेपाल–भारत सम्बन्धबारे आयोजना गर्ने कार्यक्रममा सहभागी भए । जहाँ भारतका उच्च कूटनीतिज्ञ तथा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग थापाको साक्षात्कार भयाे ।
क–कसलाई भेट्दैछन ?
शनिबार दीक्षान्त समारोहमा भाग लिएलगत्तै थापाको महत्वपूर्ण भेटघाटको कार्यक्रम तय भएको छ । दीक्षान्त समारोहमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसमेत सहभागी हुनेछिन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटको आश्वासन पाए पनि समय यकिन भइनसकेको स्रोतले जनाएको छ । विभिन्न देशको भ्रमण सकेर मोदी बिहीबार स्वदेश फर्कने र त्यसपछि मात्र भेटको समय यकिन हुने अधिकारीहरूको भनाइ छ । त्यसैगरी सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह र कंग्रेस आई अध्यक्ष सोनिया गान्धीसँग पनि भेटघाटको पहल भइरहेको जानकारी अधिकारीहरूले दिएका छन् । रिपोटर्स नेपालबाट ।
nepalsandesh
Loading...