Latest News

कांग्रेस सांसद खड्का भन्छन : ओलीको योजना राम्रो छ, सरकार पाँच वर्ष टिकोस् !!!

मुख प्रतिपक्षी दल कांग्रेसले सरकार र बजेटको चर्को आलोचना गरिरहेका बेला कांग्रेसकै एक सांसदले भने बजेट राम्रो आएको भन्दै ओली सरकार अझै पाँच वर्ष टिक्नुपर्ने बताएका छन् । रामेछाप–काठमाडौँ सम्पर्क मञ्चले शनिबार राजधानीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा कांग्रेस सांसद शिवबहादुर खड्काले भने ‘भिजन भएको नेतृत्व तीस वर्षसम्म पनि आएन । बल्ल योजना बनाउने प्रधानमन्त्रीको रुपमा ओली आउनुभएको छ ।

यो सरकार पाँच वर्ष चलोस्, मेरो शुभकामना छ । अहिलेको बजेटको फाइदा सिधै एमालेले लियो । कर्मचारीको चुनावमा त्यो स्पष्ट रुपमा देखियो ।’ विद्यमान समस्या समाधान गर्न सके मुलुकका लागि धेरै राम्रो हुने भन्दै खड्काले इमान्दारिता नभएका नेताहरुबाट राष्ट्रिय सहमति सम्भव नभएको तर्क गरे । विकास निर्माणका लागि ओलीले राम्रो योजनाहरु प्रस्तुत गरिरहेको भन्दै खड्काले भने ‘स्थानीय, प्रान्तीय र केन्द्रीय चुनाव ओलीकै सरकारले गराओस् । विकास, निर्माणको काममा म अलग बस्न सक्दिनँ । मेरो पुरा समर्थन रहन्छ ।’ नेपाल पाटीमा खबर छ |

-
Loading...