Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

माओबादी भित्र ठुलै भूकम्प जाने संकेत- दोरम्बा र माडी घटनाका दोषी अन्तर्राष्ट्रिय कानुनअनुसार पर्ने भय कारबाहीमा

काठमाडाैं, जेठ २३ । सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले द्वन्द्वकालमा भएका गम्भीर प्रकृतिका र गैरन्यायिक घटनाका दोषीले कुनै हालतमा पनि उन्मुक्ति नपाउने बताएका छन्।

सिन्धुलीमाढीमा शनिबार पत्रकारसँग गुरुङले भने, ‘गम्भीर प्रकारका अपराधमा संलग्नलाई क्षमादान दिए फेरि द्वन्द्व सिर्जना हुन्छ, गम्भीर घटनामा संलग्नलाई उन्मुक्ति दिनु हुँदैन।’   मानवअधिकारका विश्वव्यापी मान्यता तथा सन् २०१२ मा अन्तर्राष्ट्रिय रेडक्रसले संयुक्त राष्ट्रसंघमा पेस गरेको नेपालको द्वन्द्वकालीन प्रतिवेदनका आधारमा काम गर्ने भएकाले त्यस्ता घटनामा संलग्नलाई कुनै हालतमा क्षमादान नहुने उनको भनाइ थियो।

माडी घटना स्मृति दिवसको पूर्वसन्ध्यामा उनले भने, ‘द्वन्द्वका घटनालाई आयोगले वर्गीकरण गरेर छनबिन गर्छ। आयोगले दोषीलाई कारबाहीका लागि सिफारिस गर्ने भएकाले द्वन्द्व र युद्धको नियम तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनअनुसार कारबाही हुन्छ।’ उनले बलात्कार, यौनजन्य हिंसालगायतका गम्भीर प्रकारका र गैरन्यायिक घटनाका दोषीलाई माफी दिनै नसकिने बताए।   अध्यक्ष गुरुङले रामेछापको दोरम्बा घटनामा संलग्न राज्यपक्ष, चितवनको माडी घटनामा संलग्न तत्कालीन विद्रोही पक्ष र नवलपरासीको द्वन्द्वकालीन घटनामा संलग्नले कुनै पनि हालतमा उन्मुक्ति नपाउने प्रस्ट पारे। ‘मैले तीनवटै घटनाको स्थलगत अध्ययन गरेको छु।   पीडितहरूको कुरा सुनेको छु। यी घटना गम्भीर प्रकारका र गैरन्यायिक छन्। दुवै पक्षका दोषीलाई अन्तर्राष्ट्रिय कानुन र मान्यताअनुसार कारबाही हुन्छ। आयोगले सोहीअनुसारको कारबाहीका लागि सिफारिस गर्छ,’ उनले भने।

दोरम्बा, माडी र नवलपरासी घटनाका दोषीहरूको पहिचानसमेत भइसकेको उल्लेख गर्दै अध्यक्ष गुरुङले ती घटनामा संलग्नलाई आयोगले उच्च चासोका आधारमा किटानीसहित कारबाहीका लागि सरकार र मानवअधिकार आयोगसमक्ष सिफारिस गर्ने बताए। यी घटनालाई संयुक्त राष्ट्रसंघले समेत उच्च चासोका साथ हेरेको उनको भनाइ थियो। आजकको अन्नपूर्णमा समाचार छ ।

-
Loading...