Latest News

माधव नेपालमाथि खनिँदै ओलीले भने, ‘मलाई बलात्कारी भन्ने ? शहीद पत्नी ताकेको भन्ने ?’

काठमाण्डु, २६ जेठ– राष्ट्रपतिको भ्रमण स्थगित भएको बारेमा स्पष्ट पार्दै उनी भन्दै थिए– एकातिर मलाई हटाउन खोज्ने अनि राष्ट्रपतिलाई दिल्ली बोलाउने ? यो भ्रमण मैले रोकेको हो ।
राजदूत रञ्जित रेलाई पनि अवाञ्छित व्यक्ति (पर्सना ननग्राटा) घोषणा गरेर देश निकाला गरौं जस्तो लागेको थियो तर भैगो भनेर छाडिदिएँ । यसो गरेको भए अरु देशमा पोष्टिङ हुन पनि उनलाई गाह्रो पथ्र्यो । दिपकुमार चाहिँ सरकार फेरौं भनि राप्रपा नेपाललाई फकाउँदै हिँडिरहेका थिए । उनले आफ्नो शैलिमा कथा हाल्न भ्याए – ‘पहिले पहिले गाँउमा मान्छेहरु मित लगाउँदै हिड्थे । कहिले बाउसेसँग त कहिले खेतालासँग । अनि आन छानो छाउनुपर्नेथ्यो मितज्यू भन्यो टाउको कन्यायो । मीतको घर छाएको पैसा लिनु भएन । आज फुर्सद छैन भनेर टार्न पनि मिलेन । भनेकै बेला गयो, छानो छायो, खाजा खायो हिँड्यो । यस्तै त हो नि भारतले हामीलाई गर्न खोजेको ।
तर अब सित्तैमा कुनै कुरा दिइन्न त्यस्तो मित चाहिँदा पनि चाहिन्न ।’ भारतसँग संवादहिनता नै सिर्जना भएको होइन भन्दै उनले प्रष्ट्याए– मैले विभिन्न चरणका उनिहरुसँग कुरा गर्न ब्याक र फ्रन्ट डोर सबैतिरबाट मान्छे पठाएको छु । बरु कसलाई पठाएको भनेर चाँहि नसोध्नुहोला सत्ता परिवर्तनको सहमतिबारे बताए– मैले छाड्छु भनेको हैन र भद्र सहमति पनि गरेको छैन । मैले छाड्दा चलाउने सक्ने अर्को कोहि छँदा पनि छैन । प्रचण्डले सक्दिन भनेको प्रसंग पेश गर्दै उनले थपे– प्रचण्ड त उल्टै मेरोभन्दा राम्रो तपाईले नै गरिराख्नु भा छ पो भने । उनको विश्लेषण थियो– कमल थापा र विजय गच्छेदारलाई अलग्याएर गैरकम्युनिष्ट सरकार बनाउने कसरत भइरहेको छ तर त्यसलाई सफल हुन दिइने छैन । नातिको पालामा धर्म मिल्छ भनेर मैले यो खालको नीति, कार्यक्रम र बजेट ल्याएको पनि हैन ।’ उनले बजेटबारे प्रचार अभियान चलाउने प्रस्ताव पनि राखे । उपमहासचिव घनश्याम भूषालले महाधिवेशनका नीति, कार्यक्रकमबारे अभियान चलाउनु छैन ।
२ वर्ष भैसक्यो अधिवेशन भएको भन्दै प्रतिवाद गरे । उनले भने ‘संविधान संसोधन गरी एक मधेस एक प्रदेश हाल्न खोज्दा त्यसलाई स्विकार्दिन भनेर अडान राख्नुभएको थियो झलनाथ खनालले, तपाई अहिले त्यसैको जगमा हिड्दै हुनुहुन्छ । आत्माप्रशंसा मात्र गर्ने ? जे एन कमरेडलाई क्रडिट नदिने ? केपीले माधव नेपाललाई पनि व्यङ्ग्य गर्न भ्याए– मलाई बलात्कारी भन्ने ? शहिद पत्नी ताकेको भन्ने ?’ माधवले प्रतिवाद गरे, ‘लौ एजेण्डा राखेर बोलौं । एक्लै कराईराख्ने हो ? उपाध्यक्ष भीम रावलले पनि केहि फरक मतका साथ केपी ओलीले प्रचण्डका लागी प्रधानमन्त्री छाड्ने सहमति भएको दाबी गरे । केपीले सभामुख निवासमा वर्षमानसँग बसेर वामदेवले राजीनामाको प्रसंग सहमतिको बँुदामा हाल्न लगाएको आरोप लागाए । ‘जनार्दन शर्माले त्यसो नगरौं भन्दा भन्दै राजीनामाको कुरा लेख्न लगाउने हाम्रै साथीहरु हुन् ।’ उनको दाबी थियो । बीचैमा आइपुगेका वाकदेवले ‘मौखिक एसो उसौ हैन, के भएको हो, अब के गर्ने लिखित लिएर आउनु’ भने ।
म पार्टीको उपाध्यक्ष, किसान महासंघको अध्यक्ष तर मलाई बाइपास गरेर किन ठाकुर गैरेलाई किसान बिभाग दिने ? आइलाग्दा गुटको प्रचारमा लाग्दिन । किसान आन्दोलनमै भिडिरहन्छु भन्दै उठेर हिँडे । प्रधानमन्त्रीले आफुलाई असहयोग गर्ने गृहमन्त्रीलाई हटाई छाड्ने दोहा¥याए भने आपूर्तिमन्त्री गणेशमान पुन कालाबजारीयासँग साँठगाँठमा रहेको ठोकुवासमेत गर्न भ्याए । जनआस्था साप्ताहिकबाट
-
Loading...