Latest News

मोदीलाई झड्काः नेपालविरुद्ध संयुक्त वक्तव्य जारी गर्ने प्रस्ताव ओबामाद्वारा अस्वीकार

काठमाण्डु, २७ जेठ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्विट्जरल्याण्ड हुँदै अमेरिका पुगेपछि नेपाली राजनीतिज्ञ तथा कूटनीतिज्ञहरुको एउटै मुख्य चासो थियो– मोदीले बेलायत, ब्रसेल्समा जस्तै नेपालबारे अमेरिकासँग मिलेर मिलेर टिप्पणी गर्ने हुन् कि ? तर, यसपटक त्यस्तो हुन पाएन । मोदी भ्रमणलाई नियाल्दै आएका नेपाली सबैलाई दुई मुलुकबीच जारी ५० बुँदे संयुक्त वक्तव्य पढेपछि ढुक्क अनुभूति भएको छ ।

औपचारिक भ्रमणका क्रममा वासिङटन रहेका मोदीले अमेरिकी राष्ट्रपति बाराक ओबामासँगको वार्तापछि जारी गरेको वक्तव्यमा नेपालको कुनै सन्दर्भ मात्र होइन, ‘शब्द’ नै परेन ।
यसबाट नेपाली राजनीतिज्ञ तथा कूटनीतिज्ञहरुले सहजता अनुभव गरेका छन् । परराष्ट्र मन्त्रालयका अधिकारीले सहजता अनुभव गरेका छन् । परराष्ट्र मन्त्रालयका अधिकारीले कूटनीतिक लविङ तीव्र पारिएको र नेपालको मनसाय अमेरिकाले बुझिदिएकामा खुसी व्यक्त गरे । भारतले पछिल्लो समय नेपालको संविधान अपूर्ण भन्दै आफ्नो कूटनीकि लविङ तीव्र पारेको छ ।
उक्त कार्यले नेपाल र भारतको सम्बन्धमा चिसोपना आएको थियो । अमेरिका भ्रमणमा पनि भारतले त्यही प्रकारको सहकार्य गर्न सक्ने आशंका सबैमा थियो । भारतले त्यस्तो प्रयास गरेको कूटनीतिक स्रोतले बतायो । तर, अमेरिकाले छिमेकीलाई साथमा लिएर आतंकवाद नियन्त्रण र विकास कार्य अघि बढाउनुपर्नेमा जोड दियो ।
कुनै पनि मुलुकको आन्तरिक मामिलामा तेश्रो पक्ष सहकार्यमा अमेरिका नरहेको सन्देश यसअघि नै दिएकाले संयुक्त वक्तव्यमा नेपाल शब्द नपरेको वासिङटनस्थित नेपाली नियोगका अधिकारीहरुको दाबी छ ।
कान्तिपुर दैनिकबाट
-
Loading...