Latest News

कांग्रेसलाई डाइलग दिदै सुजाता कोइरालाले भनिन्, ‘गरे यही सरकारले गर्छ नत्र कसैले गर्न सक्दैन

काठमाण्डु, २५ जेठ– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले वर्तमान केपी शर्मा नेतृत्वको सरकार परिवर्तन गर्न नहुने बताएकी छन् ।

विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै सुजाताले राजनीतिक दल नयाँ सरकार बनाउने खेलमा लाग्दा विकास निर्माणका कार्य अन्यौलमा पर्ने हुँदा त्यसमा सबै सचेत हुनुपर्ने बताइन् । उनले विकास निर्माणको काम, संविधान कार्यान्वयन गर्न सके यही सरकारले गर्ने नत्र कुनै सरकारले गर्न नसक्ने ठोकुवा गरिन् ।

साथै सुजाताले आफ्नै पार्टीलाई संकेत गर्दै ओली नेतृत्वको सरकार गिराउने काममा सरकार लाग्न नहुने बताइन् ।

उनले भनिन्, ‘यदि देशको चौतर्फी विकास चाहने हो वर्तमान केपी ओली नेतृत्वको सरकार अझै केही समय टिक्न दिनुपर्छ । कांग्रेस पनि सरकार ढाल्ने खेलमा लाग्नु हुदैन ।’
-
Loading...