Latest News

हिजो हेर्नुस् र भोलि पर्खनुस्, म परीक्षामा फेल हुने मान्छे हैन बाबुरामसगको कुराकानी !!

नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जीवनको अन्तिम क्षणसम्म मानव हित र देशको समृद्धिका लागि लड्ने बताएका छन्। उनले जीवनका परीक्षामा निरन्तर खरो उत्रने नाम 'बाबुराम' भएको जोसिलो भाव देखाए।

'बाल्य जीवन, युवावस्था र प्रौढावस्थाका कठिन परीक्षा उत्तीर्ण गर्दै यहाँसम्म आएँ,' नागरिकन्युजको नागरिक शो का लागि गरिएको भिडियो वार्ताका क्रममा जोसिलो देखिएका उनै भट्टराई तत्क्षण केही भावुक बने,'मेरो जीवनको ज्येष्ठ स्तरको यो क्षणमा पनि मलै विश्राम लिन चाहिन, मेरो ज्येष्ठ परीक्षा बाँकी छ, यो पनि उत्तीर्ण भएर देखाउने संकल्प लिएको छु।'

उनको आत्मविश्वास छ 'इतिहाँस हेर्नुस् बाबुराम व्यक्तिगत परीक्षा र राजनीतिक/सामाजिक परीक्षामा असफल छैन।' किन? उनको तर्क छ–'मेरा निजी स्वार्थ छैनन्, यदि व्यक्तिगत चाहनाका लागि मैले सोँचेको भए पञ्चायतलाई नै उपयोग गरेर मैले स्वार्थ भजाउँथे, तर मैले बिद्रोह गरेँ।' उनले थपे 'पछि संसदीय–बहुदलीय व्यवस्था आयो त्यसमै रमाएर बसेको भए पनि पुग्थ्यो, अहिले गणतन्त्र स्थापना भयो नयाँ संविधान आयो त्यसको एक प्रमुख सुत्रधार म थिएँ, मलाई पुग्यो भनेर म रमाउन सक्थेँ।'

राजनीतिक उपलब्धि हासिल गर्ने चरण पूरा भयो, तर जनताको जीवनस्तर उकास्ने र आर्थिक समृद्धि हासिल गर्ने काम बाँकी रहेको भट्टराईको ठहर छ। त्यसकै लागि नयाँ र अरुले आँट्न नसकेको यात्रामा आफू लागेको उनको दाबी छ। 'हिजो पनि अरुले नआँटेको परिवर्तन सम्भव तुल्याएको एउटा योद्धा हो बाबुराम, फरकमत्रै के हो भने नयाँ चिज बुझ्ने चेतना सबैमा छिट्टै घुस्दैन,' उनले भने।

नयाँ शक्ति किन? अरु दलभन्दा कसरी भिन्दै हुनेछ नयाँ शक्ति? प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र आर्थिक समृद्धि जस्ता प्रमुख लक्ष्य हासिल गर्ने आधार र समयसीमा कस्तो छ?

जेठ ३० गते आइतबार काठमाडौं दशरथ रंगशालामा हुने नयाँ शक्ति नेपालको पार्टी घोषणा सभामा नयाँ प्रयोग हुने बताइएको छ, त्यो के हो?

प्रस्तुत छ बाबुराम भट्टराईसँग गरिएको कुराकानी ;

Source: Nagariknews.com

Loading...