Latest News

धरहरा पुननिर्माण गर्न सैनिक श्रीमतीको २५ लाख सहयोग


काठमाडौं, २८ जेठ । ‘म बनाउँछु मेरो धरहरा’ अभियानका लागि सैनिक श्रीमती संघले २५ लाख रुपैयाँ सहयोग गरेको छ । संघकी अध्यक्ष रिता क्षेत्री लगाएतले सो रकमको प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् ।

सो रकम धरहरा पुनर्निर्माण कोषमा जम्मा गरिने भएको छ । धरहरा पुनर्निर्माणका लागि ‘म बनाउँछु मेरो धरहरा’ अभियान सञ्चालन गरेर जनताबाट पैसा संकलन अभियान चलाइरहेको छ । यसका लागि प्रधानमन्त्री ओलीले एक महिनाको तलब दिएर सुरुवात गरेका छन् ।
Loading...