Latest News

मोदीले नेपालको नाम लिँदा अमेरिकी संसदमा ताली बज्यो (भिडियो सहित)


२७ जेठ, काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला अमेरिकी क्षेत्रको भ्रमणमा छन् । उनी संयुक्त राज्य अमेरिकाको भ्रमण सकेर मेक्सिको पुगेका छन् । बुधबार राति मोदीले अमेरिकी संसदको संयुक्त बैठकलाई विशेष संबोधन गरे ।

ओबामा र मोदीबीचको भेटघाटपछि जारी बक्तब्यमा नेपालको नाम उल्लेख नभएपनि मोदीको भाषणमा भने नेपालको नाम छुटेन । मोदीले नेपालमा भूकम्प आउँदा सबैभन्दा पहिले भारत पुगेको र मानवीय सहयोग थालेको स्मरण गराउँदा अमेरिकी संसद तालिले गुञ्जायमान बनेको थियो ।


मोदीले भारत छिमेकी देशहरुको दुःखमा साथ दिने देश भएको भन्दै नेपालमा भूकम्प आउँदा, माल्दिब्समा पानीको संकट पर्दा र श्रीलंकामा पहिरोको विपत्ति आउँदा भारत सबैभन्दा पहिले पुगेका थिए ।

भिडियो हेर्नुस्ः मोदी नेपालबारे बोलेका छन्



मोदीको भाषणका क्रममा अमेरिकी सांसदहरुले पटक पटक उठेर ताली बजाएका थिए । औपचारिक भ्रमणका क्रममा वासिङटन रहेका मोदीले अमेरिकी राष्ट्रपति बाराक ओबामासँगको वार्तापछि जारी गरेको वक्तव्यमा नेपालको कुनै सन्दर्भमात्र होइन ‘शब्द’ परेको छैन ।

भारतले पछिल्लो समय नेपालको संविधान अपूर्ण भन्दै आफ्नो कूटनीतिक लबिङ तीव्र पारेको थियो । उक्त कार्यले नेपाल र भारतको सम्बन्धमा चिसोपना आएको थियो । अमेरिका भ्रमणमा पनि भारतले त्यही प्रकारको सहकार्य गर्न सक्ने आशंका सबैमा थियो ।

कुनै पनि मुलुकको आन्तरिक मामिलामा तेस्रो पक्ष सहकार्यमा अमेरिका नरहेको सन्देश यसअघि नै दिएकाले संयुक्त वक्तव्यमा नेपाल शब्द नपरेको वासिङटनस्थित नेपाली नियोगका अधिकारीहरूको दाबी छ ।
Loading...