Latest News

सरकार ढाल्न काँग्रेसले आइतबार पर्खनु पर्दैनः गगन थापा !!

जुम्ला– नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकार ढाल्न आइतबार पर्खनु नपर्ने बताएका छन्। काँग्रेसले चाहे जतिखेर पनि सरकार ढालेर नयाँ सरकार गठन गर्न सकिने उनले जिकिर गरे।

तर देशको वर्तमान अवस्थालाई मध्येनजर गर्दै काँग्रेस सरकार गिराउने खेलमा नलागेको उनको दाबी छ।

प्रेश युनियन कर्णालीको अञ्चल स्तरीय भेलालाई सम्बोधन गर्दै उनले पहिलो संविधानसभामा सबैभन्दा ठुलो जिम्मेबारी पाएको माओवादीले जिम्मेवारी पूरा गर्न नसक्दा खुइलिएको टिप्पणी गरे। 'काँग्रेसले जिम्मोवारी पाउँदा सँविधान जारी भएर छाड्यो,' उनले भने।

व्यवस्थापिका संसदका सदस्य थापाले अबको नेपाल हिँड्ने बाटो भनेको प्रजातन्त्रको बाटो भएकोमा जोड दिए। उनले पटक पटक नेपाली काग्रेसले जितेर सविधान निर्माण गरे पनि संविधान जोगाउन नसकेको स्मरण गरे। नेपालमा पटक पटक जित्यौं, तर हार्नका लागि जित्यौं उनले भने अब जित्नका लागि जित्ने अभियानमा लागेका छां ।

संविधान कार्यन्वयनका लागि वर्तमान सरकार गम्भीर नभएको आरोप लगाए। 'वर्तमान सरकारका प्रधानमन्त्रीलाई ठट्टा गर्न ठिक्क छ,' उनले भने। कृषि तथा जलश्रोत समितिका सभापतिसमेत रहेका थापाले कर्णाली कृषि र जलका हिसाबले निकै धनी भए पनि उपयोग गर्न नसकेको दुःख व्यक्त गरे। बजेट कर्णालीमैत्री भएन, प्रचार मुखी भयो, बजेट किसान मारा भयो उनले भने अहिलेका सत्ता सञ्चालकले दीर्घकालिन सोचका साथ अभियान थाल्न सकेनन्।

काठमाडांैले कर्णालीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको भन्दै कर्णालीको अथाह संभावनाका बारेमा राजधानी चर्चा गर्ने प्रतिवद्धता व्यक्त गरे।
-
Loading...