Latest News

भारतीय हिरोइन नचाएर धुर्मुस-सुन्तलीलाई सैनिक श्रीमती संघको १४ लाख सहयोग !!!

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई संघले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । भूकम्प पीडितका लागि हाँस्यकलाकारको जोडीले एकीकृत नमुना बस्ती नै निर्माण गरिरहेकाले १४ लाख रुपैँया प्रदान गरिएको संघकी अध्यक्ष रीता क्षत्रीले बताएकी छिन् ।
केहि समय अघि एक कार्यक्रम गरी संकलन भएको रकम धरहरा निर्माणका लागि २५ लाख हस्तान्तरण गरिएको र बाँकी रहेको रकम धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरिएको संघले जनाएको छ । संघबाट प्राप्त उक्त सहयोगले गिरान्चौर एकिकृत बस्ती निर्माणमा ठूलो सघाउ पुग्ने फाउण्डेशनका अध्यक्ष कट्टेलले बताएका छन् ।
?
भूकम्प पिडितको उद्धार र विकासको नमुनाका लागि गिरान्चौर एकिकृत बस्ती निर्माण गर्न लागिएकाले सो कार्यमा संघले पनि सहयोग गरेकोमा उनले आभार व्यक्त गरेका छन् ।
थोपा थोपा गरेर अर्थ संकलन भइरहेको यस अभियानमा संघले गरेको सहयोगसँगै झण्डै २ करोड रुपैँया जम्मा भएको कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् ।
भूकम्प प्रतिरोधी ६५ बालमैत्री तथा अपाङ्गमैत्री भवन, बगैँचा, बाल उद्यान, सामुदायिक भवन, शौचालयलगायतका पूर्वाधार निर्माणका लागि करिब ५ करोड रुपैँया लागत लाग्ने अनुमान गरिएको छ ।
बस्ती निर्माणका लागि सहयोग गर्न थुप्रै व्यक्ति र संस्थाबाट प्रतिबद्धताहरु आइरहेकाले आफ्नो सपना साकार हुने विश्वास बढेको उनीहरुको भनाई छ ।
dainiknepal

Loading...