Latest News

मोदी–ओली सम्बन्ध इतिहासकै नाजुक, ओलीले थाले मोदीमाथि डरलाग्दो प्रहार


शनिबार, २५ वैशाख
काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व सहमति अनुसार धोका दिएको निष्कर्ससहित ओलीले त्यसलाई काउण्टर दिन राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्द गर्ने र भारतकालागि नेपाली राजदुत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाएको खुलेको छ ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार जेठ ८ गते नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा प्रमुख अतिथिको रुपमा सहभागि हुन सरकारले भारतीय प्रधानमन्त्री मोदीलाई निम्ता गरेका थिए ।Capture
मोदीले ओलीलाई आफू विहारका मुख्यमन्त्री नितिश कुमारलाई साथमा लिएर सम्मेलनमा सहभागि हुन आउने प्रतिबद्धता ब्यक्त गरेका थिए । मोदी आउनेमा प्रधानमन्त्री पूर्ण आशाबादी थिए र उनले मन्त्रीपरिषदको बैठकमा बारम्बार त्यो कुरा भन्दै पनि आएका थिए ।तर एकाएक मोदीले आफ्नो नेपाल भ्रमणको कार्यक्रम रद्द गरेर आफ्नो सरकार ढाल्ने खेलमा लागेको सूचना पाएपछि ओली रुष्ट बनेका थिए । leaत्यसैको जवाफ दिन उनले आफ्नो नेपाल भ्रमण रद्द गर्ने अनि हामीले किन राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारत पठाउने भन्दै आफू निकटहरुसँग भनेका थिए ।
मोदीलाई जवाफ दिने नियतसहित ओलीले राष्ट्रपतिको भारत भ्रमणमात्रै स्थगित गरेनन भारतकालागि नेपाली राजदुत दिपकुमार उपाध्यायलाई समेत फिर्ता बोलाउने निर्णय गरे ।
आफ्नो सरकार ढाल्ने योजनामा काम गरेको सूचना पाएका ओलीले राजदुतलाई फिर्ता बोलाउनु अघि टेलिफोनमा राजिनामा दिन सुझाव दिएका थिए । ओलीले तपाईले राजिनामा दिनुस, तपाईकै हाईट बढ्छ भनेर सुझाव दिएका थिए । तर उपाध्यायले आफूले राजिनामा नदिने बताएपछि ओली फिर्ता बोलाउने निर्णयमा पुगेका हुन ।
ओलीको नेपालको विरुद्ध भारत प्रयोग भईरहेको भन्ने निष्कर्स निकालेका छन । उनले आफूलाई प्रधानमन्त्री बन्न दिनबाट पनि भारतले रोकेको, प्रधानमन्त्री बनेपछि पनि नाकाबन्दी गरेर असफल बनाउने प्रयास गरेको र अहिले पनि टेन्सन दिईरहेको छ भनि आफू निकटहरुसँग गुनासो गरिरहेका छन ।
त्यसपछि ओलीले कति टेन्सन लिईरहने अब संसदमा बहुमत पुगुन्जेलसम्म सरकारको नेतृत्व गरिरहने नपुगे भारतको सहयोगमा प्रधानमन्त्री नबन्ने निष्कर्ससहित प्रचण्डलाई यथार्थ बताएर नौ बुँदे सहमति गरेको बताईन्छ ।
nepalsandesh
Loading...