Latest News

राष्ट्रपतिको भ्रमण रद्द गरेपछि भारतको ‘रिएक्शन’ मोदी नेपाल भ्रमणमा नआउने !

काठमाडौं, वैशाख । आफ्नो नेतृत्वमा बनेको वर्तमान सरकार ढाल्न खोजेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको भारत भ्रमण रद्द गराएलगत्तै भारतबाट ‘रिएक्शन’ भएको छ ।
केही समयअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा मनाइने बुद्ध जयन्तीका लागि मे २९ मा नेपाल भ्रमणमा आउने समाचार आएको थियो । उनी विहारका मुख्यमन्त्री नीतिशकुमारलाई लिएर आउने चर्चा थियो । तर, नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण रद्द गराएपछि भारतले पनि मोदीको नेपाल भ्रमण कुनै कार्यक्रम नरहेको जनाएको छ ।
विहीबार भारतीय विदेश मन्त्रालयमा आयोजिक पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपले प्रधानमन्त्री मोदीको नेपाल भ्रमण गर्ने तत्काल कुनै योजना नभएको सुनाए ।

Loading...