Latest News

जसले ऋण तिर्न नसक्दा साहुलाई अन्माएर पठाए आफ्नै श्रीमती सहित बालबच्चा !!

एजेन्सी । एक व्यक्तिले साहुसँग लिएको ऋण तिर्न नसकेपछि आफ्नै श्रीमती र बालबच्चा सुम्पिएका छन् ।

भारतस्थित नालन्दा जिल्लाको नारजपुरको गाउँका हिमांशु प्रसाद सुमनले आफ्नो स्टुडियो खोल्नका लागि गाउँकै साहु सावन कुमारबाट चार लाख रुपैयाँ ऋण लिएका थिए ।

समाचार अनुसार  ऋणको ब्याज बढदै गयो । साहुले जब उनीसँग ब्याजसहित ऋण फिर्ता मागे, उनले आफ्नी श्रीमती र दुई सन्तानलाई ऋणको बदला दिने प्रस्ताव गरे जसलाई साहुले सहजै स्वीकार गरे । उनले श्रीमतीको विहे साहु सवान कुमारसँग गरिदिए । र बच्चाका साथ श्रीमतीलाई अन्माएर पठाए ।

Loading...