Latest News

राजाका रुपमा बिदा भएका शाह सम्राटको रुपमा फर्किदै !!

 वैशाख, काठमाडौं ।

नेपाली राजनीतिको पर्दा अगाडि सरकार गिराउने र टिकाउने खेल हुँदैछ तर पर्दा पछाडि अर्कै भयानक खेल भइरहेको छ । झलक्क हेर्दा असम्भव झैँ लाग्ने एउटा डरलाग्दो खेलले नेपाली राजनीतिमा टाउको उठाउन थालेको छ ।

सो खेल अनुसार नेपालमा राजतन्त्र पुनरस्थिापित गर्ने होइन, सम्राटतन्त्र स्थापित गरिनेछ । हिजो राजा थिए, अब सम्राट हुनेछन् । सम्राटका रुपमा ज्ञानेन्द्र शाह र हृदयेन्द्र मध्ये को हुन्छन् थाहा छैन तर यही वंशाबाट नेपालमा सम्राट स्थापित गर्ने ग्राण्ड डिजाइन बनिरहेको छ ।



यही डिजाइअनुसार गत वैशाख १६ गते पूर्वराजा ज्ञानेन्द्र अचानक भारत गए । दुई रात दिल्ली बसे । अनि ठूलो उत्साहसहितको सपना बोकेर नेपाल फर्किए । पूर्वराजा ज्ञानेन्द्र दिल्ली गएको हाराहारीमै नेपालबाट पूर्व प्रधानमन्त्री देउवा र एमाओवादी नेता कृष्णबहादुर महरा पनि भारत गएका थिए ।

नेपालका जल्दाबल्दा र निर्णायक पार्टीका यी नेताहरुलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्नन् तर पूर्वराजा ज्ञानेन्द्रसँग भने गुप्त रुपमा भेटे । ज्ञानेन्द्र शाह निकटहरु बताउँछन्–पूर्वराजा अहिले अत्यन्तै उत्साही भएका छन्, राजाका रुपमा बिदा भएका थिए, अब सम्राटका रुपमा फर्किने वातावरण बन्दै छ।

स्रोतहरु भन्छन्–भारतको यसपटकको भ्रमणपछि चाहिँ ज्ञानेन्द्र अत्यन्तै आशावादी भएका छन् । आजको साँघु साप्ताहिकमा खबर छ ।
Loading...