Latest News

ओली सरकारको नीति तथा कार्यक्रमबारे ज्योतिषको अनौठो भविष्यवाणी नीति तथा कार्यक्रम कार्यान्वयन असम्भव !!!


काठमाडौं, २६ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले घोषणा गरेको नीति तथा कार्यक्रमबारे विभिन्न क्षेत्रमा टिकाटिप्पणी सुरु भएको छ ।
यसमा ज्योतिषहरुको धारणा आउन पनि थालेको छ । उनीहरुले राष्ट्रपति विद्या देवी भण्डारीले आइतबार घोषणा गरेको ओली सरकारको नीति तथा कार्यक्रम अगाडि बढ्न नसक्ने संकेत गरेका छन् ।
चर्चित ज्योतिष सुनील सिटौलाले ओली सरकारको नीति तथा कार्यक्रम उत्तम भएपछि कार्यान्वयमा कठिनाइ आउने बताए ।
उनले भनेका छन्- ‘सरकारको नीति तथा कार्यक्रम देख्दा उत्तम भएता पनि घोषणाको दिन चन्द्रमादेखि केन्द्र पुरै पापक्रान्त परेको हुनाले कार्यान्वयनमा असम्भव देखिन्छ ।’
उनका अनुसार चन्द्रमादेखि केन्द्र पुरै पापक्रान्त परेको समय शुभ कामको लागि उपयुक्त मानिदैन् । जसले योजना राम्रो भएपनि कार्यान्वयन असफल हुने सम्भावना उच्च हुन्छ ।
यसअघि ज्योतिष सिटौलाले प्रचण्ड प्रधानमन्त्री बन्ने चर्चाबारे भविष्यवाणी गरेका थिए । जून ठ्याक्कै मिलेको थियो ।
Loading...