Loading...
काठमाडौँ. जेठ ४- संविधान नबन्दासम्म पर्ख र हेरको अवस्थामा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग संविधान बनेपछि भ्रष्टाचारविरुद्ध आक्रमक हुने संकेत आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले गरेका छन् ।
सूर्यनाथ उपाध्यायको अवकाशपछि लामो समयसम्म निस्कृय रहेको आयोगले ‘नवसामन्त’लाई अनुसन्धानको पहिलो सूचीमा राखेको छ । एमाओवादी सांसदमाथि ९ करोड ४४ लाख ७२ हजार बराबरको मुद्दा दायर भएको छ । आयोग सुत्रका अनुसार अहिलेपनि दिनहुँ सयभन्दा बढी भ्रष्टाचारका उजुरी पर्ने गरेका छन् ।
यसरी हेर्दा देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको संकेत हुन्छ । गतसाता राजधानीमा आयोजित एक कार्यक्रममा प्रश्न सोधियो–तपाईलाई अख्तियारको प्रमुखमा नाम सिफारिस गर्ने पार्टी र तिनका नेताविरुद्ध नक्कली लडाकुको नाममा अर्वौ रुपैयाँ भ्रष्टाचार गरेको उजुरी परेको छ, यस विषयमा तपाई के भन्नुहुन्छ ? कार्कीले हाँस्दै जवाफ दिए–मेरो नाम प्रस्ताव गर्ने एउटा प्रक्रिया थियो होला ।
तर, म प्रमुख आयुक्त नियुक्त भइसकेपछि पदीय जिम्मेवारी र दायित्वबाट पछाडि हट्न मिल्दैन । दृष्टि साप्ताहिकमा खबर छ ।भ्रष्टाचार गर्ने जो सुकै होस्, तिनीहरु कानुनको दायरामा तानिने छन् । कार्कीले नक्कली लडाकूको नाममा भएको भ्रष्टाचारका विषय एमाओवादी नेताहरुमाथि पनि निगरानी भइरहेको संकेत गरे ।
-
Loading...
Social Buttons