Latest News

विस्तारवादी भारतको नाकाबन्दीले नझुक्ने सरकार सिंहदरबार, बालुवाटार घेर्दैमा झुक्छ भन्ने नसोचे हुन्छ’

ठमाडौं’ ४ जेठ– पूर्वसांसद शान्ता चौधरीले विभिन्न माग राख्दै विगत दिन दिनदेखि राजधानीमा आन्दोलन गरिरहेको संघीय गठबन्धनसँग आन्दोलन रोकेर वार्ताबाट समसया समाधान गर्न सुझाव दिएकी छन् ।

मंगलबार फेसबुकमा स्ट्याटस राख्दै उनले वषौँदेखि थिचोमिचो गर्ने भारतीय विस्तारवादले महिनौँ नाकाबन्दी गर्दा राष्ट्रघाती सम्झौता नगरी पेलेर जाने सरकार सिंहदरबार, बालुवाटार र शितलनिवास घेर्दैमा लचिलो नहुने बताएकी छन् ।

उनी लेख्छिन्, ‘आन्दोलनरत दलहरुलाई आग्रह । बर्षौदेखि थिचोमिचो गर्ने भारतिय बिस्तारवादले महिनौ दिन नाकाबन्दी गर्दा त कुनै पनि राष्ट्रघाती सम्झौता नगरी पेलेर अगाडी बढ्ने सरकारले काठमाडौंका सिंहदरबार, बालुवाटार अनि सितलनिबासमा आन्दोलन गर्दैमा माग पूरा गर्लान भन्ने अपेक्षा नराख्नुहुन आग्रह गर्दछु ।
राष्ट्र र राष्ट्रियता प्रती तपाईंहरु गम्भिर हुनुहुन्छ भने सरकारसग बार्ताको टेबलमा बसेर समस्या समाधान गर्नुहोस । आन्दोलनले झन तपाईंहरुमा समस्या थपिन सक्छ ।’


-
Loading...