Loading...
मिडिया एनपी, काठमाडौं, ४ जेठ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको विकास निर्माणको योजनालाई लक्षित गरि नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले खुला चुनौती दिएका छन् ।
घर–घरमा ग्याँसको पाइप पुर्याउने, दुई वर्षमा लोडसेडिङ हटाउने, रेल मार्ग निर्माण गर्ने बताउँदै आएका प्रधानमन्त्री ओलीले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा हिन्द र प्रशान्त महासागरमा नेपाली झण्डा फहराउँदै नेपालले आफ्नो पानी जहाज चलाउने बताए । साथै उनले पानी जहाज र रेल मार्फत तीन दिनमा नेपालमा सामान आयात गर्ने योजना सुनाए ।
प्रधानमन्त्री ओली भन्छन् – नेपालले अब पानी जहाज पनि चलाउँछ
त्यसपछि सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई रेल र पानी जहाज दिनु भन्दा पहिले काठमाडौं सहितका शहरमा सार्वजनिक बस दिन चुनौती दिएका हुन् । साथै भट्टराईले फराकिलो पारिएको सडकमा ट्राफिकजाम उस्तै रहेको भन्दै प्रधानमन्त्री ओली प्रति व्यंग्य पनि गरेका छन् ।
ट्वीटरमा उनले लेखेका छन्, ‘ प्रमले रेल र पानीजहाज दिनुभन्दा पहिले काठमाण्डौ लगायतका शहरमा सार्वजनिक बससेवा दिने कष्ट गर्ने कि ? फराकिलो पारिएका सडकमा ट्राफिकजाम उस्तै जो छ !’
-
Loading...


Social Buttons