Latest News

खाडी मुलुक गएका युवती डरलाग्दो तरिकामा हराउन थाले, ४६१ युवती बेखबर !!

काठमाडौं–मध्यपश्चिमका चार जिल्लाबाट भारतीय बाटो हुँदै रोजगारीमा गएका ४६१ नेपाली युवती हराएका छन् । बाँके, बर्दिया, दाङ र सुर्खेतबाट श्रम रोजगारीका लागि भारत र खाडी मुलुक गएका ती युवतीहरु हराएको भन्दै उनीहरुको परिवारजनले खोजीका लागि निवेदन गरेका छन् । भारतीय हवाइृमार्ग हुँदै खाडीमुलुक मलेसिया, कतार, दुबई, साउदी, सिरिया र भारतमै काम गर्न पुगेका ती युवतीहरु एक वर्षसम्म पनि सम्पर्कमा छैनन् । महिला तथा बालबालिका क्षेत्रमा काम गर्दै आएको माइती नेपाल नेपालगञ्जको तथ्याङक अनुसार श्रम रोजगारीमा भारत र खाडीमुलुक पुगेका युवतीहरु हराउने घटना डरलाग्दो गरी बढेको छ । माइती नेपालले सार्वजनिक गरेको एक वर्ष २०१५ को तथ्याङकमा ४६१ जना हराएको भन्दै खोजतलासका लागि निवेदन परेका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ । 
Loading...