Latest News

गुप्तचरको प्रतिवेदन अख्तियारमा, ठूलै माछा जालमा पर्ने संकेत


काठमाडौं । माननीय प्रमूख आयुक्तज्यूबाट निर्देशन भएबमोजिम विभिन्न राजनीतिक दलका प्रमुख नेता तथा कार्यकर्ताहरु ४२ जना, उच्च पदस्थ अवकाशप्राप्त कर्मचारीहरु ३८ जना, वर्तमान सचिवज्यूहरु लगायत उच्च पदस्थ सरकारी राष्ट्रसेवक कर्मचारीहरु ६२ जना, बहालवाला एवं अवकाशप्राप्त सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरुबाट ५३ जनासमेत गरी १ सय ९५ जनाको व्यक्तिगत एवं आर्थिक विवरण संकलन गरी श्रमान्समक्ष पठाएको छु । ४ सय ६ पाना सहितको उक्त विवरण सम्बोधित व्यक्ति( माननीय प्रमुख आयुक्तज्यू) ले मात्र प्राप्त गरी हातोहात पठाइएको बेहोरासमेत जाहेर गर्दछु ।

राष्ट्रिय अनुसनधान विभागका प्रमुख अनुसन्धान निर्देशक दिलीपराज रेग्मीले अख्तियार दुरुपयोग अनुसनधान आयोगका प्रमूख आयुक्त लोकमानसिंह कार्कीलाई लेखेको पत्रको बेहोरा हो यो ।



पत्र संख्या एवं सकेत नम्बर १११। प्र.। नि.स.। २०४। ६,०७२–०७३ रहेको यो पत्र पठाइएको हो गत वर्षको १० असोजमा । स्पष्ट छ, प्रमूख आयाुक्तको निर्देशनमा विभागले उच्च ओहादामा पुगेका व्यक्तहरुको सम्पत्ति तथा व्यक्तिगत आचार व्यवहारका बारेमा सूचना संकलन गरी प्रतिवेदनका रुपमा पठाएको छ ।

र तिनै व्यक्तिहरुमाथि अहिले अख्तियारले अकुत सम्पत्ति आर्जनको आशंकामा थप अनुसन्धान गरिरहेको छ।

राज्यको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागलाई सम्पत्ति जाँचबुझ आयोगडकै शैलीमा अनुसन्धानको जिम्मेवारी दिइएको यो पहिलो घटना पनि हो ।

स्रोतका अनुसार यसपछि पनि अख्तियार प्रमुखले थप व्यक्तिको नामसूचि विभाग प्रमुख रेग्मीलाई दिएका छन् र आवश्यक सूचना संकलनको काम जारी छ ।

विभागले अहिलेको मन्त्रिपरिषद्का सबै र अघिल्लो मन्त्रिपरिषद्का केही सदस्यको विवरण संकलन र निगरानीको काम गरिरहेको छ । आजको नेपाल साप्ताहिकमा समाचार छ ।

Loading...