Latest News

ओली सरकार नढल्दा यी नेताहरु अर्धवेहोस्,केहि नेता गुप्तबास (नामसहित) !!!

काठमाडौं, २७ वैशाख । सत्ताका लागि मुख मिठ्याउँदै एमाओवादी अध्यक्ष प्रचण्डले नाटकीय रुपमा सरकारको नेतृत्वमा र्‍याल चुहाएको घटना लाजिम्पाट दरबार हुँदै सडकमा आइपुगेपछि यो साता यो विषय हटकेक बन्यो ।
सरकार नढलोस् भनेर प्रार्थना गरेर बसेकाहरूको त यो हलचलले होसहवास एकाएक हँसमुख भयो यो घटनाक्रममले । साँखु साप्ताहिकले समाचार छापेको छ ।
सत्ता परिवर्तनको खेल जसरी उठेको थियो । त्यसैगरी एकाएक सेलाएपछि केही पात्र भने उल्लेखित कथाको काग जस्तै गरी जिल्लिन पुगेको खबर छ । प्रतिपक्ष दलका मात्र होइन, सरकार नढल्दा सत्तासीन दलका केही नेताको समेत निदहराम भएको छ ।
स्रोतका अनुसार, सरकार ढाल्ने यो उपक्रम असफल हुँदा एमाओवादीका केही नेतालाई सबैभन्दा बढी तनाव भएको छ । सरकार ढाल्न खुलेरै लागेका एमओवादीका महासचिव कृष्णबहादुर महरा त यो योजना असफल भएपछि केही दिनदेखि गुप्तबास नै बसिरहेको चर्चा एमाओवादी वृत्तमा छ ।
अख्तियारले कोच्ने भएपछि एकाएक भारतको भक्त बनेर सरकार ढाल्ने खेलमा लागेको आरोप खेप्दै आएरहेका महरा सरकार फेर्ने डिजाइन फेल भएपछि कतिसम्म तनावमा परेका छन् भने उनले रोल्पालीको फोन समेत उठाउन छाडेका छन् ।
स्रोतका अनुसार महराले रोल्पालीले फोन गर्दा आफू अहिले तनावमा रहेकाले पछि कुरा गर्ने भन्दै फोन काट्ने गरेका छन् ।
एमाओवादीका अर्का नेता गोपाल किराँतीले पनि सरकार नढल्दा चैनको स्वास फेर्न पाएका छैनन् । कतिसम्म भने उनले सार्वजनिक रुपमै सरकार नढल्दाको आफूभित्रको कुण्ठा पोख्दै आइरहेका छन् ।
एमाओवादीभित्र दुःखी आत्माका रुपमा चिनिने लोकेन्द्र विष्ट मगर पनि सरकार नढलेपछि विरक्तिन पुगेका छन् ।
सचिव वर्षमान पुन सुश्रमा सक्रियतापूर्वक सरकार ढाल्ने खेलमा लागे पनि अन्तिममा आसफल भएपछि पुनः साँखुल्ले हुँदै एमालेसँग नौबुँदे सहमति गराएर अहिले लाजरम पचाएर ओली सरकारकै बचाउमा लागेका छन् ।
Loading...