Latest News

दिल्ली जाँदै गर्दा कांग्रेस नेता सिटौला एयरपोर्टबाटै यसरी पक्राउ परे !!!

काठमाडौं । नेविसंघका अध्यक्ष रञ्जित कर्णले कांग्रेस नेता कृष्णप्रसाद सिटौल दिल्ली जाँदै गर्दा एयरपोर्टबाटै पक्राउ परेको बताएका छन । विद्यार्थी राजनीतिबारे स्मरण गर्दै उनले आजको नयाँ पत्रिकासँग भनेका छन्, ‘तत्कालीन राजा ज्ञानेन्द्रले ‘कू’ गरेको वेला थियो । त्यही समय हामी विद्यार्थी संगठनहरू राजाको कदमविरुद्ध आन्दोलनमा थियौँ । एकातिर हामी आन्दोलनमा थियौँ भने अर्कोतिर माओवादी युद्ध उत्कर्षमा थियो । कांग्रेसले माओवादीसँग वार्ताको प्रयास पनि गरिरहेको थियो । 

राजाको शासनविरुद्ध आन्दोलन गर्दैगर्दा हामीलाई प्रहरीले न्युरोडबाट पक्राउ गर्‍यो । पक्राउपछि नेपाल प्रहरीको तालिमकेन्द्र महाराजगन्जमा राखियो । हाम्रै पार्टी नेता विश्वप्रकाश शर्मा पनि त्यहीँ हुनुहुँदो रहेछ । एमालेका युवराज ज्ञवालीलाई पनि त्यहीँ ल्याइयो । पछि कांग्रेस नेता कृष्ण सिटौलालाई पनि आन्दोलनकै वेला भएकाले भारतको दिल्ली जान लाग्दा एयरपोर्टबाटै पक्राउ गरी हामीलाई राखिएकै तालिमकेन्द्रमा ल्याइयो । 

हामी १२–१३ जनालाई एउटै कोठामा कोचेर राखिएको थियो । सिनियर नेता केही दिनमा छुट्नुभयो, तर हामी विद्यार्थी नेतालाई छोडिएन । २०–२५ दिन हामी बस्यौँ । हामी प्रहरीको नियन्त्रणमा बसेको त्यस्तै १४–१५ दिन भएको थियो । माओवादीले काभ्रेमा प्रहरीचौकी आक्रमण गरेको हल्ला फैलियो । राति त्यस्तै ११ जति बजेको थियो होला, तालिमकेन्द्रमा पनि हल्लीखल्ली भयो । काभ्रे मात्र नभई भक्तपुरका चौकीमा पनि हान्ने हल्ला चलेको थियो । त्यो घटनामा प्रहरी धेरै मारिएका थिए । 

राति नै त्यहाँबाट दुई–तीन ट्रक प्रहरी निस्किएका थिए । कांग्रेसले माओवादीसँग गोप्य वार्ताको प्रयास पनि गरिरहेका वेला हामी कांग्रेसकै नेतासमेत त्यहाँ थियौँ । यसले हामीमा झन् डर लागिरहेको थियो । प्रहरीमा धेरै क्षति भएपछि उनीहरू आक्रोशित थिए । उनीहरू बारम्बार अब जे पनि हुन सक्छ भनी हामीलाई पनि धम्क्याइरहेका थिए । माथिबाट आदेश आउन सक्छ भनेर तर्साए । हामी रातभर सुत्न सकेनौँ । रातभर आतंक भइरह्यो । रातभर निदाउन सकेनौँ । पुलिस पनि सतर्क थियो । पछिका दिन भने हामीलाई केही सहज भयो । त्यसको चार–पाँच दिनमा अदालतको आदेशपछि छुट्यौँ ।
Loading...