Loading...
यो माथिको भारतीय पत्रिकामा छापिएको हेडलाइन हो। नेपालमा पनि यो कार्यक्रमबाट उठ्ने रकम भूकम्पपीडितको सहयोगमा जान्छ नै भनी प्रचार गरिएको थियो। कार्यक्रम बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आर्मी ड्रेसमा रहेका अधिकारीले भनेका थिए- ‘मेन फोकस भूकम्पपीडितहरुको लागि सहयोग नै हो। त्यसबाहेक सर्टेन अमाउन्ट धरहराको पुननिर्माणमा पनि छ।’
उनले यो कुरा अन दि रेकर्ड भनेका हुन्। यसको भिडियो भित्र हेर्न सक्नुहुन्छ। तर सोमबार आयोजक सैनिक श्रीमती संघले जारी गरेको विज्ञप्ति भने संकलित रकम यसमा खर्च गर्ने कुरा उल्लेखै छैन। आखिर किन फेरे हेलिकप्टर चढेर भूकम्पपीडितहरुलाई चाउचाउ बाँड्न जाने रानीसाहेबहरुले कुरा? स्रोतका अनुसार खास कुरा यस्तो रैछ।
सबैभन्दा पहिला भिडियो हेर्नुस्
भूकम्पपीडितका लागि भनेर रकम उठाएपछि त्यो रकम इयरमार्क भएर प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जाने व्यवस्था कोइराला सरकारकै पालामा भएको हो। एनजिओहरुले यसको ठूलो विरोध गरेका थिए। तर जेका लागि रकम उठाएको हो, त्यसैमा खर्च गर्नुपर्छ भनेर सरकार कडा रुपमा लागेपछि विरोध फितलो भएको थियो।
अहिले पनि भूकम्पपीडितको लागि संकलित रकम भन्यो भने यसरी नै इयरमार्क हुने डर हुनसक्छ। यसबाहेक सैनक श्रीमती संघ एउटा एनजिओ हो। यसले भूकम्पपीडित क्षेत्रमा केही रकम बाँड्न वा केही काम गर्न पुननिर्माण प्राधिकरणसँग सम्झौता गर्नुपर्ने हुन्छ। प्राधिकरणसितको सम्झौता बिना केही गर्न पाइन्न। आफू खुसी दिन नपाउने भए।
त्यसैले सुरुवातमा सरकारी विद्यालय निर्माण र धरहरा पुननिर्माणमा संकलित रकम दिने भनेपनि आफूले नै बाँड्न नपाउने भएपछि श्रीमती संघका रानी साहेबहरुले आज विज्ञप्तिमा कुरो घुमाएर मिलाएर पठाएका रहेछन्।
के छ त विज्ञप्तिमा ?
विज्ञप्तिमा लेखिएको छ- ‘यस कार्यक्रमबाट संकलित रकम नेपाली सेनाका बहालवाला, अवकाशप्राप्त सैनिक एवं आश्रित परिवारका सदस्यहरु तथा सर्वसाधारणको सामाजिक कल्याणकारी कार्यमा सहयोग पुर्याउने उद्देश्य रहेको छ।’
अर्थात् यसबाट संकलित रकम भूकम्पपीडितको सहयोगका लागि हैन, किनभने त्यसरी तोकिएको छैन। यो सामाजिक कल्याणकारी कार्यमा सहयोग पुर्याउने उद्देश्यका साथ खर्च हुनेछ। त्यो सामाजिक कल्याणकारी काम भने अरु जे पनि हुनसक्ला। अनि यसका लागि प्राथमिकता क्रम पनि विज्ञप्तिमा प्रष्ट उल्लेख छ माई संसारबाट साभार गरिएको !
१ नेपाली सेनाका बहालवाला,
२ अवकाशप्राप्त सैनिक
३ ती सैनिकका आश्रित परिवारका सदस्यहरु
४ सर्वसाधारण
२ अवकाशप्राप्त सैनिक
३ ती सैनिकका आश्रित परिवारका सदस्यहरु
४ सर्वसाधारण
हेर्नुस् विज्ञप्ति
Loading...


Social Buttons