Latest News

गणतन्त्रलाई विस्थापित गरी राजतन्त्र फर्काउनु पर्ने भन्दै नारायणहीटी संग्रहालय अगाडि प्रदर्शन

१५ जेठ, काठमाडौं।

शाही युवा शक्ति नेपालले गणतन्त्रलाई विस्थापित गरी राजतन्त्र फर्काउनु पर्ने भन्दै नारायणहीटी संग्रहालय अगाडि प्रदर्शन गरेको छ । उनीहरुले राजा हटाएर गणतन्त्र ल्याए पनि कुनै उपलब्धि हासिल नभएको भन्दै राजा फर्काउनुपर्ने बताएका हुन् । गणतन्त्रको विरोध गर्दै राजा आउ देश बचाउ भन्दै उनीहरुले नाराबाजी समेत गरेका छन् ।

विरोध सभामा शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले राजनीतिककर्मीहरुले देशलाई खतरातर्फ धकेलिएको आरोप लगाए । उनले देशलाई खतराबाट बचाउनका लागि राजसंस्थाको पुर्णस्थापना गर्नुपर्ने बताए ।

उनीहरुले नाराणहीटी संग्रहालय अगाडी राजा फर्काउनुपर्ने भन्दै २ घण्टा नाराबाजी गरेका थिए ।
Loading...