Latest News

‘प्रकाशमान र गगनलाई कार्वाही गर्ने तयारीमा देउवा’ !!!


काठमाडौं, वैशाख २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको दुई नेतालाई कार्वाहीको तयारी गरेका छन् ।
सरकार परिवर्तनको योजना विफल भएसँगै पार्टीका नेता प्रकाशमान सिंह र गगन थापाले अनुशासनविपरीत अभिव्यक्ति दिँदै आएको भन्दै देउवाले कार्वाही गर्ने तयारी गरेका हुन् ।

वर्तमान केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार ढाल्ने खेलमा लाग्दा पार्टीले ठूलो क्षति व्यहोर्नुपर्ने भन्दै नेता सिंह र गगनले शुक्रबार अराजक ढंगबाट अभिव्यक्ति दिएका थिए ।

शुक्रबार बिहान गुटगत भेला गरी सिंहले सभापति देउवा भारतीय दलाल बन्दा कांग्रेसको अस्तित्व समाप्त हुने खतरा बढेको बताएका थिए । स्रोतका माध्यमबाट हामीले सिंहले बोलेको उक्त कुरालाई समाचारका रुपमा प्रकाशन गरेका थियौ । उच्च स्रोतका अनुसार सो विषयमा देउवा र सिंहबीच कुराकानी समेत भएको छ । सिंहले भने आफूले त्यस्तो अभिव्यक्ति नदिएको दावी गरेका छन् ।

त्यसैगरी गगन थापाले वामपन्थी गबन्धनको घर भत्काउन नसक्नेले पार्टी सञ्चालन गर्न नसक्ने दावी गरेका थिए । उनीहरुले दिएको सो अभिव्यक्तिलाई लिएर देउवाले बैठक बोलाउने तयारी गरेका छन् । बैठकपछि अनुशासन विपरीत अभिव्यक्ति दिएको ठहरिएमा उनीहरुलाई कार्वाही गर्ने तयारी गरेको बुझिएको छ ।

-
Loading...