Loading...
गोरखा, २० चैत- नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेर उत्ताउलोपना देखाएको बताएका छन् ।
gagan thapa
असन्तुष्ट मधेसी, थारुलगायत समुदायलाई संविधान संशोधन गरेर हक, अधिकार दिइने भन्दै थापाले छिमेकीको उत्ताउलोपना आवश्यक नभएको टिप्पणी गरेका हुन् ।
जारी भएको संविधान कार्यान्वयन काँग्रेसको प्रमुख प्राथमिकता रहेको उनले बताए। ‘संविधानप्रति असन्तुष्टि र आक्रोश देखिएको छ। मधेसी, थारुलगायत समुदायलाई चित्त बुझाएर मात्रै हामी अघि बढ्छौँ,’थापाले भने ।
काँग्रेस सरकारमा जान हतार नगर्ने भन्दै उनले संविधानको कार्यान्वयन गर्दै आउँदो २०७४ माघ ७ भित्र स्थानीय, प्रान्त र केन्द्रको निर्वाचन गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिए ।
विप्रेषणले मुलुक धानिएको भन्दै उनले जनताको आर्थिक स्तर परिवर्तन हुने गरी देशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए ।
‘भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीले देशको अर्थतन्त्र डामाडोल भयो’, उनले भने,’जनताको जिन्दगी परिवर्तन गर्नुपर्छ ।’ रासस
Loading...
Social Buttons