Latest News

यो कम्प्युटरले बताउँनेछ तपाईको मृत्युको समय !!!


एजेन्सी । हरेक प्राणीको मृत्यु निश्चित छ । कुनै पनि मानिस जन्म लिन्छ र जन्मसँगै उसको मृत्यु पनि निश्चित हुन्छ ।

भनिन्छ मृत्युको मिति कसैले बताउन सक्दैन्, तर बेलायतमा शोधकर्ताले यस्तो एउटा महत्वाकांक्षी परियोजनामा काम गरिरहेका छन् जो विशाल आकडाहरुको आधारमा तपाईलाई बताउँनेछ कि कहिले तपाईको जीवनको दिन पुरा हुनेछ ।

मिडिया रिपोर्टअनुसार यसमा एउटा साधारण कम्प्युटर टेस्ट हुनेछ जो कुनै पनि व्यक्तिको बारेमा यो बताउनेछ कि अब उ कति समयसम्म जिवित रहनेछ । यो कम्प्युटर टेस्टले आफ्नो विशाल आकडाका आधारमा आफ्नो मृत्युको दिन जान्ने व्यक्तिलाई बताउनेछ कि कहिले उसको जीवनको दिन पुरा हुदैछ । बेलायतको इस्ट ऐंगलिया यूनिवर्सिटीको टीमले स्वास्थ्यसँग जोडिएका आँकडाहरुको आधारमा यस्तो तरिका विकसित गर्नका लागि काम गरिरहेको छ जसमा कति बाच्छ भनेर मानिसको उमेरका बारेमा अन्दाज लगाउन सकिनेछ । जसले मानिस आफ्नो समय र पैसा बढी सम्झेर खर्च गर्न सकोस् ।

यो रिसर्च प्रोजेक्ट चार वर्षसम्म चल्नेछ तथा यसैका आधारमा सोधकर्ताहरुको टीमले जीवनशैली र विरामीहरुसँग जोडिएका आँकडा खोजेर जुटाउनेछ । शोधकर्ताहरुको लक्ष्य भनेको यो कम्प्युटरले जो सुकै उमेरको बारेमा पनि बताउन सक्नेछ । 
Loading...