Latest News

आमालाई निवस्त्र परपुरुषसँग सेक्स गरीरहेको देखेपछि छोराद्धारा आमाको विभत्स हत्या

एजेन्सी । उत्तर प्रदेशको जौनपुरस्थित चन्दवक क्षेत्रमा सनसनीपूर्ण घटना सार्वजनिक भएको छ । यहाँ एक छोराले आफ्नै आमाको हत्या गरेका छन् । 

आमालाई निवस्त्र अवस्थामा परपुरुषको अंगालोमा फेला पारेपछि छोराले खेत खन्ने फडुवाले प्रहार गरेर आमा र उनका कथित प्रेमीको हत्या गरिदिएका हुन् । 

प्रहरीका अनुसार जमुआ गाउँ निवासी इन्द्रावती हरिजनको वराणसीको फूलपुर निवासी बलवन्ता यादवसँग प्रेम सम्बन्ध थियो । शुक्रबार राति बलवन्ता इन्द्रावतीका घर आएका थिए । त्यहीबेला दुबैबीच यौनसम्बन्ध पनि भयो । 

समाचार अनुसार यस्तो अनैतिक क्रियाकलाप देखेपछि मध्यराति इन्द्रावतीका छोराले फडुवाले प्रहार गरेर दुबैको हत्या गरेर फरार भए । 

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ भने फरार छोरालाई खोजिरहेको छ । 
Loading...