Loading...
कुवेतको गृहमन्त्रालयअन्तरगत रहेको रेसिडेन्स अफेयर डिपार्टमेन्टले छापा मारेर उनीहरुलाई पक्राउ गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बताइएको छ । अरब टाइम्सले सुरक्षा स्रोतलाई उद्धृत गर्दै लेखेको छ, 'एक फिलिपिनो महिलाले एउटा अपार्टमेन्टमा यौनव्यवसाय सञ्चालन गरिररहको सूचना पाएको आधारमा छापा मारिएको थियो ।' ती महिलाले समाजिक सञ्जालको माध्यमबाट आफ्नो व्यवसायको प्रचार गर्ने गरेको पनि खुलासा भएको छ ।
पक्राउ परेका अधिकांशसँग घरेलु कामदारको भिसा रहेको छ । पक्राउ परेकाहरुलाई सम्बन्धित निकायमा बुझाइएको छ । यसबारेमा गृहमन्त्रालयले स्पोन्सरहरुमाथि पनि आवश्यक कारवाही गर्ने बताइएको छ ।
Loading...
Social Buttons