Latest News

वर्षको अन्तिम समयमा भूकम्पबारे ज्योतिषले गरे यस्तो डरलाग्दो भविब्यवाणी !! सचेत रहन आग्रह

काठमाडौं, २३ चैत । नेपालमा विनाशकारी गोरखा भूकम्प गएको वर्षदिन पुग्नै लागेको छ ।

वैशाख १२ गते गोरखालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले झण्डै ९ हजार मानिसले ज्यान गुमाएका थिए । विनाशकारी भूकम्प गएको एक वर्ष पुग्नै लाग्दा फेरि पनि ठलो भूकम्प आउने होकी भन्ने चिन्ता मानिसमा अझै छ ।

यसैबीचमा एक जना ज्योतिषले वर्षको अन्तिम समयमा भुई हल्लिने देखि अप्रिय घटना हुने सम्भाव्यता एकदमै रहेको बताएका छन् ।

चर्चित युवा ज्योतिष सुनील सिटौलाले चैतको २९ र ३० गते चन्द्रमा पुरै पाप कर्तरी योगमा रहने र त्यो बेला सामान्य भुई हल्लिने (भूकम्प)देखि अप्रिय घटनाको सम्भावना देखिएको बताए । उनले भने-'यो नेपालमा मात्र हुन्छ भन्ने छैन् । त्यस दिन विश्वजगतमै समान्य भुई हल्लिनेदेखि अप्रिय घटनाको सम्भावना छ ।'

नेपालमा विनाशकारी भूकम्पको गएको एक वर्ष वित्न लाग्दा समेत भूकम्प पीडितले राहत र पुनर्स्थापना पाएका छैनन् ।

dainiknepal
Loading...