Loading...
भक्तपुर, १६ चैत– भक्तपुरको बालकोटमा कुकुरले खाँदै गरेको कुहिएको अवस्थामा शिशुको शव फेला परेको छ ।अनन्तलिङ्गेश्वर नगरपालिका वडा नं ४ र ५ को सिमानामा पर्ने बालकोटको खोल्छामा बिहान करिब ९ बजे कुुकुरले खाँदै गरेको अवस्थामा भर्खरै जन्मिएको शिशुको शव भेटिएको हो ।
आज बिहान करिब ४ बजे ल्याएर फालेको हुनसक्ने शिशुको आलै शवको कुकुरले हात र खुट्टा खाएको अवस्थामा भेटिएको महानगरीय प्रहरी प्रभाग बालकोटका प्रहरी नायब निरीक्षक युवराज शर्माले जानकारी दिए ।
शव परीक्षणका लागि शिक्षण अस्पताल, महाराजगन्ज पठाइएको जानकारी दिँदै उनले घटनाको अनुसन्धान सुरु गरिसकिएको जानकारी दिए ।
त्यसैगरी भक्तपुर नगरपालिका व्यासीमा पनि कुहिएको अवस्थामा शिशुको शव फेला परेको छ । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरीक्षक दिनेश भण्डारीले कुहिएर गन्हाउने अवस्थामा सोमबार शिशुको शव भेटिएको जानकारी दिए ।
दुईवटै शिशुको शव जन्मनेबित्तिकै हत्या गरेर फालिएको र अवैध सम्बन्धबाट जन्मिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
त्यसैगरी पोखरामा पनि मंगलबार नै शिशुको कम्मर मुनिको शव फेला परेको छ । रासस
Loading...
Social Buttons