Loading...
प्रसङ्ग हो डोटीको बन्लेक गाविस ७ की लक्ष्मी विष्टको । हुन त यस्ता घटना गोपनियता र आत्मसम्मानका लागि सञ्चारमाध्यममा नआउनुपर्ने हो, तर पीडित विष्टले पत्रकार सम्मेलन आयोजना गरेरै मिडियाकरण गरिदन आग्रह गरपछि रहस्य सार्वजनिक गरिन लागिएको हो ।
विष्टकै गाउँका तत्कालिन समयमा हनुमानध्वज गुल्म, भगतपुर ब्यारेक कञ्चनपुरमा कार्यरत सैनिक जवान टेक बहादुर धामीले करिब ४/५ वर्ष लामो सम्बन्धपछि प्रेम विवाह गरि वि.सं.२०६८ चैत्र मसान्तमा उनलाई कञ्चनपुरको कलुवापुरमा डेरा गरि राख्यो । झण्डै तीन महिनापछि गर्भवती भएकी उनलाई २०६९ पुष १२ गते सेती अञ्चल अस्पताल लगेर गर्भपतन गरायो ।
आफ्नो नाम ठेगाना समेत अस्पताललाई जानकारी नगराएर मोबाईल नं. ९८४८४८०४८८ छोडेर बाहिरिए । त्यसपछिको केहिदिनसँगै बसेको र लगत्तै सम्पर्क विहीन अवस्थामा धामीले विष्टलाई छोडेर गएको पीडित बिष्ट बताउँछिन् । त्यसपछि भारतबाट फोन गरेर ‘तिमी आफ्नो घरमा जाउ, म ईण्डिया आईसके, मेरो घरपरिवारले तिमीलाई स्विकार्दैन, त्यसैले तिमी आफ्नो घर फर्क’ भनेको बिष्ट बताउँछिन् । त्यसपछि केहिदिनमै धामी वेहोसीपनमा कलुवापुरमा फर्केर डेरामा राखिएका लुगाकपडा, ग्याँस चुल्हो र भाँडाकुँडा, छिमेकीको घरमा राखेर गएपछि केहिदिन उनलाई घरबेटीले साहारा दिएको रुदै बिष्टले सुनाईन् ।
त्यसबिचमा उनले विभिन्न बेलामा सेनाका विभिन्न निकायमा, प्रहरी चौकीमा, सुरक्षित अल्पकालिन जिल्ला महिला सेवा केन्द्र, जिल्ला अदालत, पुनरावेदन अदालत सबै ठाउँ धाईन् । हुँदै गर्दा जिल्ला अदालत डोटीको मिति २०७० पुष ९ गतेको फैसला अनुसार टेकबहादुर धामी र लक्ष्मी बिष्टबिच लोग्ने स्वास्नीको नाता कायम समेत गरिसकेको सदर हुने गरि २०७१ असार २४ गते पुनरावेदन अदालत दिपायलले समेत फैसला गरेको छ ।
नाता कायम भैसकेपछि यसबिचमा पीडित विष्टले माना चामल सम्बन्धी दिएको उजुरीका आधारमा वि.सं. २०७१ पुष २ गतेको जिल्ला अदालतको निर्णय अनुसार बिष्टलाई धामीले मिति २०७१ असोज १ गतेबाट लागु हुने गरि भरणपोषणका लागि मासिक रु.६ हजार उपलब्ध गराउनुपर्ने फैसला भएको देखिन्छ । तर बिष्टले आजका मितिसम्म कुनै रकम नपाएको उनले बताईन् ।
उनका अनुसार सैनिक जवान धामीका बुबा हरि सिं धामी तत्कालिन समयमा नेपाली काँग्रेसका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको जन्मथलो डडेल्धुराको असिग्राम गाविस रुवाखोलामा अवस्थित घरमा कामदार रहेको र उनले त्यतिबेला नै ‘तैंले के गर्न सक्छस्’ भन्दै धम्काएको स्मरण गर्दै गहभरी आँशु पारिन् । ठूलै पदमा आशिन जिम्मेवार व्यक्तिको संरक्षणका कारण आफुले न्याय पाउन नसकेको बिष्टले गुनासो गरिन् ।
उनका अनुसार पीडक धामी हाल वन तथा पर्यावरण गण, रानीबास सिन्धुलीमा कार्यरत छन् । साथै सम्पूर्ण सरोकारवाला निकाय र अधिकार क्षेत्रमा क्रियाशिल निकायहरुलाई सहयोगका लागि पनि उनले गुहार गरेकी छिन् ।
उनको यो पीडादायि घटनापछि माईती परिवारले पनि उनलाई स्विकारेको छैन । हाल उनी स्थानीय स्तरमा सिलाई कटाई तालिम लिएर व्यवसाय गर्दै आएकी छिन् ।
यसरी अदालतले एक हिंसा पीडित महिलाका पक्षमा गरिसकेको फैसला समेत कार्यान्वयन नभएकाले नेपालमा कानुन कार्यान्वयनको अवस्था छर्लङ्ग छ र हिंसामा बढोत्तरी हुनेमा प्रशय मिल्ने देखिन्छ । तसर्थ सम्बन्धीत निकायले बेलैमा कदम चालोस् ।
अदालतको फैसलाको एक अंश:

Loading...
Social Buttons