Loading...
हरेक पटक बजेट आउँदा विदेशमा रोजगार वा अन्य उद्देश्यले गएकाहरुलाई टिभीसम्बन्धी व्यवस्थाबारे चासो हुन्छ। विदेशमा टिभी एकदम सस्तो देखेपछि किनौँ लाग्छ। तर नेपालमा टन्न कर लगाएर महँगो बनाइदिने डर पनि हुन्छ। यसपालिको बजेटले के व्यवस्था गरेको छ त?
खासमा विदेशबाट फर्किएकाले ल्याउने टेलिभिजनबारे यो बजेटले केही नयाँ व्यवस्था गरेको छैन। यस अन्तर्गत गत वर्षकै जस्तो वैदेशिक रोजगारमा गई कम्तिमा एक वर्ष काम गरी फर्कने नेपालीले ल्याएको जुनसुकै प्रकारको (एलसिडी, प्लाज्मा वा एलइडी) ३२ इन्चसम्मको टिभीमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिइनेछ। अघिल्लो वर्षभन्दा यो वर्ष फरक पारिएको शब्द चाहिँ 'कम्तिमा लगातार १२ महिना काम गरी फर्कने नेपाली नागरिक' भनिएको छ।
परारको बजेटले ३० इञ्चसम्मको टिभीमा मात्रै छुट दिएकोमा पोहोर ३२ इन्चसम्म कर छुट दिने व्यवस्था भएको हो। यसपालि पनि त्यो कायम छ। यसका लागि तपाईँ वैदेशिक रोजगारमा गएर फर्किएको हुनुपर्छ। पढ्नलाई विदेश गएको वा एनआरएनले टिभी ल्याएमा कर महसूल छुट हुने छैन। वैदेशिक रोजगारमा गएकाको पनि अभिलेख राखिने र यस्तो सुविधा एक पटकका लागि मात्र दिइने भनिएको छ। त्योभन्दा ठूलो टिभी ल्याएमा छुट दिइने छैन, इन्च नापेर भन्सार महसूल लिइनेछ। यो महसूल दरमा पनि परिवर्तन गरिएको छैन। त्यसो भए कत्रो टिभीमा कति कर लाग्छ त ?
आर्थिक विधेयक २०७२ मा यस्तो व्यवस्था छ-
मानौँ तपाईँले ६० इञ्चको ठूलो टिभी ल्याउनुभएको छ भने छ महिनाभन्दा बढी विदेशमा बस्नेले ६०X१२०० = ७२ हजार भन्सार महसूल तिर्नुपर्यो। छ महिनासम्म विदेश बसेकाले भने ६०X१२५० = ७५ हजार तिर्नुपर्यो।
यसमा ध्यान दिनु पर्ने कुरा के हो भने ३२ इन्चसम्मको टिभीको भन्सार लाग्दैन, त्योभन्दा बढीको लाग्छ भन्ठान्नु हुँदैन। यसअघि माइसंसारको ब्लगमा आएका कमेन्टमा यसैमा धेरै पाठक झुक्किएको देखियो। माथि विधेयकमा प्रष्ट लेखिएको छ-सोभन्दा बढी इन्चको टिभी ल्याएमा उक्त छुट सुविधा दिइने छैन। अर्थात्, ३६ इन्चको टिभी ल्याएर ३२ सम्मको त भन्सार लाग्दैन, बाँकी ४ इन्चको मात्र तिर्छु भन्न पाइँदैन, पूरै ३६ इन्चको तिर्नुपर्छ।

अरु के ल्याउन पाइन्छ ?
सरकारले २०६५ कात्तिक १ मा राजपत्रमा सूचना प्रकाशित गरे अनुसार यस्तो सामानलाई भन्सार लाग्दैन
बिदेशबाट फर्केका नेपाली यात्रुका सम्वन्धमाः
(१) नेपालमा स्थायी बसोबास गर्ने नेपाली
नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका देहायमा उल्लिखित सबै वा कुनै
मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुनेछः
(क) लुगाफाटा, बरबिर्छ्यौना, घर गृहस्थीका पुराना सामानहरु,
(ख) औषधी उपचार गराई फर्केका विरामीले ल्याएका औषधीहरु,
(ग) शारीरिक अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,
(घ) सुन तथा सुनको गहना पचास ग्रामसम्म, चाँदी तथा चाँदीको गहना पाँचसय
ग्रामसम्म र तीस हजार रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको
गहना गुरिया,
(ङ) घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ एक
थान,
(च) बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक थान,
(छ) पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक थान
(जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद
सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, बैडमिन्टन सेट, गवैयाको
सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबला, जस्ता सामानहरु)।
(ज) चार किलोग्रामसम्म खाद्य परिकार।
(झ) मदिरा १.१५ लिटरसम्मको बोतल एक।
तर यात्रुले ल्याउन पाउने आफ्नो निजी व्यवहारका खण्ड (झ) मा
उल्लिखित सामान बाहेक यस उपदफामा उल्लिखित अन्य सामानहरु कुनै यात्रुले
माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था,
परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार
कार्यालयका प्रमुखले औचित्य हेरी स्वीकृति दिन सक्नेछ। खण्ड (झ) मा उल्लिखित
मदिरा तोकिएभन्दा वढी परिमाणमा ल्याएमा वढी परिमाण जति जफत हुनेछ।
(क)भारत तथा चीनको स्वशासित क्षेत्र तिव्वत वाहेक अन्य विदेशी मुलुकमा छ
महिनाभन्दा बढी अवधि व्यतित गरी फर्केका नेपाली यात्रुले आफ्नो साथमा
ल्याएको एक सेट कम्प्युटरमा भन्सार महसुल छुट हुनेछ।
(ख) विदेशमा बसेका नेपाली यात्रुहरुले आफूले प्रयोग गरेका लत्ता कपडाहरु
हुलाक पुलिन्दाबाट पठाउँदा त्यस्तो लत्ता कपडामा भन्सार महसुल छुट
हुनेछ।
Loading...
Social Buttons