Latest News

राजा सहितको हिन्दू राष्ट्र नबनाइ विश्राम लिन्न: थापा !!!

kamal thapaबुटवल—उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीे नेतृत्वको चीन भ्रमण नेपालको दीर्घकालीन आर्थिक विकासका लागि कोसेढुङ्गा सावित भएको बताएका छन् ।
 पबmब ितजबउब

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज बुटवलमा आयोजना गरेको पश्चिमाञ्चल क्षेत्रीय हिन्दुत्व जागरण सभालाई सम्बोधन गर्दै उनले भ्रमणका क्रममा चीनसँग गरिएका सबै सम्झौताले नेपालको आर्थिक विकासमा नयाँ आयाम थपेको बताए ।
पार्टीका अध्यक्षसमेत रहेका थापाले पार्टीका मुद्दालाई संविधानले नसमेटेकाले आफ्नो दलले मात्रै संविधानको विपक्षमा मतदान गरी मुद्दा स्थापित गराउन जनतामाझ आएको स्पष्ट पारे ।

संविधान जारी भइसकेपछि त्यसलाई मान्नु सबैको कर्तव्य भएको र राप्रपा नेपालले पनि सोही कर्तव्य निर्वाह गर्दै संविधानमा भएका अन्तरवस्तुमा विमती राखेर जनतामा आएको उनको भनाइ थियो ।
उनले जनमतको माध्यमबाट हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गराएरै छाड्ने अठोट व्यक्त गर्दै हिन्दु राष्ट्र स्थापित नहुदाँसम्म आन्दोलवाट विश्राम नलिने समेत प्रष्ट पारे । रासस
Loading...