Loading...
मेष (Aries) राशि भएका अर्थात जसको नाम चू, च, चो, ला, ली, लू, ले लो, आ बाट सुरु हुन्छ, त्यस्ता पुरूषहरुप्रति महिला कम आकर्षित हुन्छन् । यस्ता व्यक्तिहरु स्वभावमा जति धेरै सौम्य र शान्त देखिएता पनि महिलाहरु उनीहरूसँग टाढै बस्ने गदर्छन् । आफ्नो झुटो अहम र मूर्खताका कारण उनीहरुले कहिले पनि राम्रो प्रमिका बनाउन सक्दैनन् । यहाँसम्म कि यदि यी व्यक्तिहरुको विवाह भएता पनि श्रीमान्–श्रीमती टाढा नै रहनुपर्छ । उदाहरणका लागि आमिर खान मेष राशीका हुन्, हुन त उनलाई बलिउडका सुपरस्टार नै मानिन्छ तर महिला फ्यानका तुलनामा उनी शाहरुख, सलमान र ऋितिक रोशनको तुलनामा निकै पछाडि छन् ।
वृष राशी भएका मानिसहरु स्वभावले निकै कोमल, रोमान्टिक तथा भावुक हुने गर्दछन्ः
वृष (Taurus) राशी भएका पुरुष वा जसको नाम इ, उ, ए, ओ, वा, वि, वू, वे वो बाट सुरु हुने गर्दछ, उनीहरु स्वभावले निकै कोमल, रोमान्टिक र भावुक हुने गर्दछन् । यस्ता पुरुषहरुलाई कुनै पनि महिलाले स्वादिष्ट खाना, बास्ना र संगीतमार्फत कन्ट्रोल गर्न सक्दछन् । साधारण रुपमा यस्ता पुरूषहरूले अाफूलार्इ माया गर्ने महिला मुश्किलले पाउँछन् तर जब पाउँछन् उनीहरुलाई निकै माया गर्ने गर्दछन् । उदाहरणका लागि भारतीय क्रिकेटका स्टार बिराट कोहली पनि वृष राशीका हुन् । उनलार्इ उनकी प्रेमिका अनुष्का शर्माले निकै माया गर्दछिन् ।
मिथुन राशीका पुरुषहरु स्वभावमा रोमान्टिक हुने गर्दछन्ः
मिथुन (Gemini) राशी भएका पुरुष अथवा जसको नाम का, की, कू, घ, ड, छ, के, को, हा बाट सुरु हुने गर्दछ, उनीहरू स्वभावले निकै रोमान्टिक हुने गर्दछन् र एउटै ठाउँमा बाँधिएर बस्न सक्दैनन् । यस्तो अवस्थामा महिलाहरुले यसलाई फ्र्लट गर्न प्रयोग गर्दछन् तर उनीहरुमा सच्चा जीवनसाथी देख्दैनन् । यसलाई पनि एउटा संयोग मान्न सकिन्छ कि भर्खरै रिलिज भएको हलिउडको इरोटिक फिल्म फिफ्टी शेड्स अफ ग्रेका नायकका नाम क्रिश्चियन ग्रे हो जुन मिथुन राशीको नै नाम हो । उनकी नायिका एनास्तिसिया उनलाई प्रेम गर्ने भएता पनि उनीबाट टाढा रहन कोसिस गर्दछिन् ।
कर्कट राशीका पुरुष सम्बन्ध निभाउने किसिमका हुन्छन्ः
कर्कट (Cancer) राशीका पुरुष अथवा जसको नाम ही, हू, हे, हो, डा, डी, डू, डे, डो से सुरु हुने भएका मानिसहरु मनका निकै राम्रा र सम्बन्धलाई निभाउने किसिमका हुन्छन् । उनीहरको यही व्यवहारले उनलाई महिलाको प्रिय बनाइदिन्छ । कर्कट राशी भएका व्यक्ति पहिलो नजरमा नै महिलालाई आकर्षित गर्ने क्षमतामा राख्छन् ।
सिंह राशी भएका पुरुषहरु उदार, जोशीला र रोमान्टिक हुने गर्दछन्ः
सिंह (Leo) राशीका पुरुष अथवा जसको नामको पहिलो अक्षर मा, मी, मू, मे, मो, टा, टी, टू, टे हो । यस्ता पुरुषहरु निकै उदार, जोशीला र रोमान्टिक हुने गर्दछन् । प्रेममा त उनीहरु ताजमहल बनाउने शाहजहां बन्ने गर्दछन् अथवा उनीहरु प्रेममा मर्न र मार्न पनि तयार हुने गर्दछन् । यस्ता पुरुषहरुसँग महिला साथी बन्न त चाहन्छन् तर उनीहरुको इन्टेन्स बिहेवियरसँग डराउने कारण महिलाहरू टाढै रहने गर्दछन् ।
कन्या राशीका पुरुषहरु समय आउँदा धोकेबाज साबित हुन्छन्ः
कन्या (Virgo) राशि का पुरुष अथवा जसको नाम टो, पा, पी, प, पू, ष, ण, ठ, पे, पो बाट सुरु हुने गर्दछ । यस्ता व्यक्तिहरु समय आउँदा धोका दिने किसिमका हुन्छन् । महिलाहरु यस्ता पुरुषतर्फ आकर्षित त हुन्छन् तर उनीहरुको आफ्नै कमी सम्बन्धको बिचमा आउने गर्दछ । यस्ता व्यक्तिको जीवन अरु व्यक्तिको दयाको सहारामा चल्ने गर्दछ जसका कारण कुनै पनि महिला उनीहरुलाई देख्ने बित्तिकै रिजेक्ट गरिदिने गर्दछन् । तर कन्या राशीका कोही पनि व्यक्ति यदि आफ्नो मेहनतमा सफलता हासिल गर्छन् त्यस्ता व्यक्तिहरुप्रति महिला आफ्नो ज्यान नै दिन तयार हुने गर्दछन् ।
तुला राशीका पुरुष सबैभन्दा सुन्दर, आकर्षक र रोमान्टिक हुने गर्दछन्ः
तुला (Libra) राशीका पुरुष जसको नाम रा, री, रू, रे, री, ता, ती, तू, तेबाट सुरु हुने गर्दछ, उनीहरू ज्योतिषको हिसाबबाट सबैभन्दा सुन्दर, आकर्षक तथा रोमान्टिक मानिन्छ । यस्ता पुरुषहरुसँग केही नभएको खण्डमा पनि महिलाहरु यिनीहरुप्रति मरिमेट्न तयार हुन्छन् । उनीहरुको स्टाइल, बोल्ने शैली सबै अलग हुने भएका कारण महिलाहरु आफैंलाई उनीहरुप्रति समर्पित गर्ने गर्दछन् । उदाहरणका लागि बलिउड अभिनेता ऋतिक रोशन, राजेश खन्ना र राजकपूर छन् जसका लागि महिलाहरु मरिमेट्छन् ।
वृश्चिक राशी भएका पुरुषहरु आफूमा नै मुग्ध हुने गर्दछन्ः
वृश्चिक (Scorpion) राशिका पुरुष जसको नामको प्रथम अक्षर तो, ना, नी, नू, ने, नो, या, यी, यू हुन्छ, यस्ता व्यक्तिहरु आफूमा नै मग्न हुने गर्दछन् । यस्ता पुर�
Loading...
Social Buttons