Latest News

शुभ विहानीसँगै तपाईको आज !!! आज वि.सं. २०७२ माघ महिनाको २४ गते आइतवार !!!

आजको पञ्चाङ्ग :  
 वि.सं. २०७२ माघ महिनाको २४ गते आइतवार । श्री सूर्य उत्तरायण शिशिर ऋतु । माघकृष्ण पक्षको चतुर्दशी तिथि २२ बजेर ०९ मिनेटसम्म उपरान्त अमावस्या तिथी । उत्तराषाढा नक्षत्र १८ बजेर २६ मिनेटसम्म उपरान्त श्रवण नक्षत्र । सिद्धि योग योग १७ बजेर २६ मिनटसम्म उपरान्त व्यातिपात योग । आनन्दादि योगमा अमृत योग, भद्रा करण १० बजेर ३६ मिनेटसम्म उपरान्त शकुनि करण । तदनुसार नेपालसंवत ११३६ पोहेलागा । योग संवत ३७ । ई.सं. २०१६ फेब्रुवरी महिनाको ७ तारिख । 
 
आजको राशिफल
मेष राशिः 
मेष राशि हुनेहरुको लागि आज ईज्जत एवम् प्रख्याति बढ्ने दिन रहेको छ । व्यापार व्यवसायबाट राम्रो आर्थिक उपलब्धि गर्न सकिने छ  । जागिर, राजनीति तथा समाजसेवाको क्षेत्रमा थप जिम्मेवारी मिल्नसक्ने छ । विशिष्ट तहका अधिकारीहरुसँग संपर्क विस्तार हुनसक्ने र त्यसले महत्त्वाकांक्षी भावना पनि बृद्धि गर्न सक्नेछ । विद्वानजनको सङ्गत पनि मिल्नसक्ने छ । त्यस्तै आज एक अंक, रातो रङ्ग यहाँको लागि शुभ रहने भने सूर्यदेवलाई खुशी बनाउने कुनै उपाय अवलम्बन गर्नुले थप उपलब्धि मिल्नेछ । 
 
वृष राशिः 
वृष राशिका व्यक्तिहरुको लागि आज दिनले कोल्टे फेरेको छ तथापि कमजोरी खोज्नेहरू सक्रिय हुने देखिन्छ । यद्यपि विचारमा स्वच्छता आउने तथा आस्था र धार्मिक विचार बढ्नसक्ने छ तथापि कान्तिमा मलिनता देखिने र मानसिक भय पर्नसक्ने सम्भावना पनि छ । कार्यक्षेत्रमा माथिल्लो निकायबाट अपजश तथा दुःखकष्ट आइपर्ने सम्भावनालाई पनि नकार्न सकिन्न तरपनि हिम्मत बढाउन उपयुक्त हुनेछ । सत्प्रयत्नले कार्यक्षेत्रमा लाभ हातपार्न र अवरोध हटाउनसकिने छ । निष्ठा एवम् सिद्धान्तमा नचुक्नु नै तपाईको लागि आज परीक्षामा सफलता हुनेछ । 
 
मिथुन राशिः 
मिथुन राशिका व्यक्तिहरुको लागि आज स्वास्थ्यमा प्रतिकूलता आउन सक्नेछ, दीर्घरोगीले स्वास्थ्यमा विशेष ध्यान दिन जरुरी हुनेछ । अभिष्ट कार्य पूरा हुन ढिलाई हुनसक्ने हुनाले मानसिक अशान्ति बढ्नसक्ने गोचर परेको छ । खर्चको भार बढेर जाने तथा बढी मेहनत गर्दा पनि थोरै उपलब्धिले चित्त बुझाउनु पर्ला । हतार र उन्माद गर्दा खतिक्षति बढ्नसक्ने भएकोले नहतारिएकै राम्रो हुनेछ । प्रतिकूल तथा अफ्ठ्यारो परिस्थितिलाई बुझेर सावधानी रहनसके परिश्रम र लगानी खेरा जानबाट बचाउन सकिनेछ । शत्रुप्रभाव आदि पनि देखिएकोले प्रतिकारमा खरोउत्रन संयमसँग आत्मबल बढाएर अघिबढ्नु पर्ला । 
 
कर्कट राशिः 
कर्कट राशिका व्यक्तिहरुको लागि आज अभिष्ट चाहना पूरा गराउन केही अल्झनको सामना गर्नपर्ने देखिएको छ । तथापि दाम्पत्य सुखमा केही विकास हुनसक्ने छ । उन्मादि तथा विलासी जीवनशैलीको अभ्यास भने नहोला भन्नसकिन्न ।  व्यवसायबाट लाभ हुनेछ भने स्वजनमिलन र यात्राको सम्भावना पनि देखिएको छ । व्यापारकर्म तथा यात्रा आदिबाट सम्पादन हुने कार्यविशेषलाई ग्रहले उत्प्रेरणा दिएको छ । मुख्य कार्यमा आउने अल्झन तथा बाधा अबरोध हटाउन आज यहाँले गुरु बृहस्पति र भैरदेवको स्तुति गर्नु शुभप्रद रहनेछ । 
 
सिंह राशिः 
सिंह राशि हुनेहरुको लागि आजको दिन अर्थकर रहनेछ । शारीरिक एवम् मानसिक बलबृद्धि हुनेछ । सहयोगी बढ्ने, विपक्षीलाई रिझाउनसकिने र व्यवसायबाट मनग्य लाभ हातपार्न सकिने छ । आरोग्यता बढ्ने र कान्तिमा बृद्धि हुनेछ । इष्टकार्यमा सफलता हातपार्न सकिने छ भने आफूभन्दा ठूलो निकायलाई पनि सम्झौतामा ल्याउन सकिनेछ । श्री लक्ष्मीको कृपायोग परेकोले अर्थलाभ हुनेछ । सफलता एवम् लाभको कारण कर्मक्षेत्रको लागि हिम्मत र साहस बढ्ने छ । सो“चेकै कार्यमा सफलता हातपार्नको लागि आफूभन्दा ठूलो व्यक्तिको मार्गनिर्देशन लिनु अझ हितप्रद हुनेछ ।  
 
कन्या राशिः 
कन्या राशि हुनेहरुको लागि आज केही ज्ञानोन्मादको भावना देखिनसक्ने र कमजोरी उदांगिनसक्ने सम्भावना रहेकोले सो विषयमा ख्याल पुर्याउनु होला भने मानवीय व्यवहार र धैर्यता गर्नाले प्रतिष्ठा जोगाउन सकिनेछ । सन्तानबाट सुख र केही लाभ मिल्ला । परनिन्दाको वृतिलाई प्रसय दिँदा स्वकार्य पूरा गर्न बाधा हुने तथा आफ्नो गोपनीयता खुश्कनसक्ने कुरामा पनि ध्यान पुर्याउन जरुरी देखिन्छ । बढी बोलेर बाठो हुने मनोविज्ञानले अन्तमा पछुतो पार्नसक्ने भएकोले संयम गर्नु बुद्धिमानी हुनेछ । दैनिकी व्यवसायिक कर्मक्षेत्रबाट सामान्यतया लाभ मिल्नसक्ने छ । 
 
तुला राशिः 
तुला राशि हुनेहरुको लागि आज पराक्रम बैठक आदिमा मत बाझिने र असमझदारी गराउने भूमिकामा ग्रहको प्रवलता देखिन्छ । सहकर्मी तथा मित्रवर्गसँग द्वन्द हुनसक्ने र चलिरहेको कार्यमा अबरोध आउनसक्ने एवम् वेचैनी बढ्नसक्ने साथै छरछिमेकी तथा हितैसीसँगको सम्बन्धमा तुषारो पर्नसक्ने भएकोले होसियार हुन जरुरी छ । मानसिक संकिर्णताको कारणले कार्यमा प्रतिकूलता आउनसक्ने भएकोल मानसिक धैर्यतालाई धारण गर्नु बुद्धिमानी हुनेछ । यी सामान्य प्रतिकूलताको बाबजुत पनि सावधानिपूर्वक स्वकर्ममा रत् रहनाले पेशा तथा व्यवसाय एवम् कर्मक्षेत्रबाट केही लाभ गर्न सकिनेछ । 
 
वृश्चिक राशिः 
वृश्चिक राशि हुने व्यक्तिहरुको लागि आजको दिन हिम्मतिलो रहनेछ । शरीरमा शक्ति तथा स्फुर्ति र जोशजाँगर बढेर आउने एवम् काममा रुचि बढ्ने हुनाले रोकिएर रहेको महत्त्वपूर्ण काम पूरा गर्न सकिनेछ । मान्छेहरुबाट प्रशंसा पाइने र मुख्य कार्य सम्पादन गर्न सहयोग पनि जुट्ने एवम् उत्साह तथा उमङ्ग बढ्नेछ । दाजुभाईबीचको सहकार्य अघि बढ्नेछ । व्यवसाय तथा पेशागत कर्मक्षेत्रबाट आफ्नो हैसियत अनुसारको आर्थिक लाभ गर्न सकिनेछ । प्रतिस्पर्धामा विजय भइने तथा पुरस्कार आदि आकस्मिक लाभ हातपार्न र सामाजिक प्रख्याति कमाउन सकिनेछ ।  
 
धनु राशिः 
धनुराशि हुनेहरुको लागि आज सामान्य अनुकूल देखिएको छ । तथापि बोलीवचनको अपव्याख्या हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न ख्याल गर्नुहोला । व्यवसायिक कार्यमा भने केही प्रगति हुने देखिएको छ तरपनि धनोन्माद बढ्ने र सन्चित धनको अपव्यय हुनसक्ने सम्भावना पनि देखिएको छ । परोपकार एवम् समाजिक सेवामा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्ध विस्तारमा पनि सजग हुन जरुरी देखिएको छ । सम्भावित प्रतिकूलतालाई न्यूनिकरण गर्न आज यहाँले सूर्यदेवको श्रद्धाभक्ति गर्नु शुभकर हुनेछ ।
 
मकर राशिः 
मकर राशि हुने व्यक्तिहरुको लागि आज शारीरिक आकर्षण एवम् मानप्रतिष्ठा बढ्नेछ भने मिठो खानेकुरा प्राप्ति हुनसक्ने छ । व्यवसायबाट धनलाभ एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा प्राप्ति हुनेछ । अभिष्टकार्यमा सफलता मिल्नसक्ने गोचर रहेको छ, ईच्छित कार्य पूर्णताको लागि दृढताको साथमा अगाडि बढ्नसक्नु हुनेछ । सामाजिक जिम्मेवारी थपिनसक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइनसक्ने छ । नयाँ लगानीको प्रस्ताव आउनसक्ने सम्भावना पनि देखिन्छ । विवाह प्रसङ्ग चल्नसक्ने छ । समयको सदुपयोग गर्नुहोला ।  
 
कुम्भ राशिः 
कुम्भ राशिका व्यक्तिहरुको लागि आज केही कठिनाइको सामना गर्नपर्ने खालको दिन रहेको छ । कामकार्यमा आज तुलनात्मक रुपमा बढीनै कोसिस गर्नुपर्ने छ । सोँचविचार विना बहकावमा आएर कुनै कार्य नगरेकै राम्रो हुनेछ । धैर्य धारण गर्न नसके खतिक्षति हुनसक्ने र पश्चाताप पर्ने सम्भावनालाई नकार्न सकिन्न । फजुल यात्राको पनि योग देखिएको छ । यो राशि हुने कसैकसैलाई अनपेक्षित खर्च बढ्नसक्ने भएकोले जुहो गरेको व्यवस्था अपुग पनि हुनसक्छ । तथापि आज केही संघर्षको सामना पछि गर्जो टर्दै जानेछ धैर्य गर्नुहोला ।  
 
मीन राशि : 
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन आम्दानीकर देखिएको छ तथापि विशेष अपेक्षा गरेको अर्थोपार्जन वा उपलब्धि हुनलाई केही अबरोध भने हुनसक्ने छ । जसको निवारणको लागि गुरु गणेशको सेवाआराधना उपयुक्त हुनेछ । बाँकी क्रियाकलापमा गोचर ग्रहले राम्रै साथ दिएकै छ । सामान्यतया व्यवसायिक क्षेत्रबाट लाभ गर्न सकिनेछ भने अन्य पेशाको क्षेत्रमा पनि सफलता मिल्नेछ । इष्टजनसँग पनि भेट्घाट हुन र शुभसमाचार सुन्न पाइने दिन रहेको छ । विशेष अपेक्षित उपलब्धिको लागि हनुमान शक्तिजागरण गर्नु पनि शुभप्रद हुनेछ । 
 
Loading...